नेपालमा ओमानी टिम

विश्वकप क्रिकेट लिग–२अन्तर्गतको क्रिकोणात्मक सिरिजका ओमानको राष्ट्रिय क्रिकेट टिम सोमबार नेपाल आइपुगेको छ । बुधबारबाट सुरु हुने त्रिकोणात्मक सिरिजका लागि घरेलु मैदानमै अभ्यास गरेर ओमानी टिम सोमबार नेपाल आइपुगेको हो ।

कीर्तिपुरस्थित टियू मैदानमा माघ २२देखि २९ गतेसम्म चल्ने सिरिजमा ओमान, नेपाल र अमेरिका छन् । अमेरिकी टिम भने आइतबार नै नेपाल आइसकेको छ । सिरिजका लागि अमेरिकाले मुम्बइमा अभ्यास गरेको थियो ।

सन् २०२३ को एकदिवसीय विश्वकप छनोटका रुपमा रहेको विश्वकप क्रिकेट लिग–२मा ओमान र अमेरिकाको यो तेस्रो सिरिज हो भने नेपालको पहिलो सिरिज हो । प्रत्येक टिमले आपसमा २–२ खेल खेल्ने छन् ।

लिग–२मा अमेरिका र ओमानले समान ८ खेल खेलिसकेका छन् । अमेरिका लिग–२को शीर्ष स्थानमा छ । उसले लिगका ८ मध्ये ६ खेलमा जित निकालेको छ । ८ खेलमा ४ खेल जितेको ओमान चौथो स्थानमा छ । ओमाने राजा सुल्तान काबुस बिन साइद अल साइदको निधन भएपछि लिग २का दुई खेल भने खेलेन ।

सन् २०१८ मा एकदिवसीय मान्यता पाएको नेपालले पहिलो पटक घरेलु मैदानमा एकदिवसीय सिरिज खेल्न लागेको हो । यसअघि नेपालले युएई र नेदारल्यान्ड्सविरुद्ध उनीहरुकै मैदानमा एकदिवसीय सिरिज खेलेको थियो ।

यस्तो छ सिरिजको सेड्युल

  • माघ २२ : नेपालविरुद्ध ओमान
  • माघ २२ : ओमानविरुद्ध अमेरिका
  • माघ २५ : नेपालविरुद्ध अमेरिका
  • माघ २६ : नेपालविरुद्ध ओमान
  • माघ २८ : अमेरिकाविरुद्ध ओमान
  • माघ २९ : नेपालविरुद्ध अमेरिका
Facebook Comments Box

Leave a Reply

Your email address will not be published.