श्रीलंकन अलराउन्डर ओशादा फर्नान्डो लतिलपुर प्याट्रिओट्समा

आसन्न एभरेस्ट प्रिमियर लिग (इपिएल)का लागि डिफेन्डिङ च्याम्पियन ललितपुर प्याट्रिओट्सले श्रीलंकन अलराउन्डर ओशादा फर्नान्डोलाई अनुबन्धन गरेको छ। चौथो संस्करणको इपिएलका लागि २९ वर्षीय फर्नाडोलाई अनुबन्धन गरेको ललितपुरले जनाएको छ।

ओशादाले श्रीलंकाका लागि ११ टेस्ट, ८ एकदिवसीय र ७ टि–२० खेल खेलेका छन्। उलेन टेस्टमा १ शतक र ४ अर्धशतकसहित ६७७ रन बनाएका छन् भने एकदिवसीयमा १४८ रन बनाएका छन् । यस्तै, टि–२०मा उनले १२८ रन बनाएका छन्।

डिफेन्डिङ च्याम्पियन ललितपुरले यसअघि इंग्ल्यान्डका एलेक्स ब्लेक, अफगानिस्तानका अलराउण्डर आजमतुल्लाह ओमरजाई र भुटानका मिक्यो दोर्जीलाई अनुबन्ध गरेको छ।

असोज ९ देखि २३ गतेसम्म कीर्तिपुस्थित टियू मैदानमा हुने प्रतियोगिताका लागि हरेक टिमले अनिवर्याय रुपमा ३ विदेशी खेलाडी खेलाउनु पर्ने छ।

Facebook Comments Box