कोहली र चहल चम्किँदा बैंग्लोर शीर्ष स्थानमा

कप्तान विराटन कोहली र युजभेन्द्र चाहल चम्किएपछि रोयल च्यालेन्जर्स बैंग्लोर १३औं संस्करणको आईपिएलमा तेस्रो जित निकालेको छ । अबुधाविमा शनिबार साँझ भएको खेलमा राजस्थान रोयल्सलाई ८ विकेटले पराजित गर्दै बैंग्लोर शीर्ष स्थानमा उक्लिएको छ ।

तीन जित निकालेको बैंग्लोरको ६ अंक भएको छ । मुम्बई इन्डियन्स, दिल्ली क्यापिटल्स, राजस्थान, कोलकाता नाइट राइडर्स र सनराइसर्ज हैदरावादको समान ४ अंक छ ।

बैंग्लोर पहिलो खेलमा सनराइजर्स हैदरावदलाई १० रनले पराजित गरेको थियो भने दोस्रो खेलमा किंग्स इलावेन पञ्जावसँग ९७ रनले पराजित भएको थियो । यस्तै तेस्रो खेलमा मुम्बईलाई सुपर ओभरमा पराजित गरेको थियो ।

शनिबार अबुधाविमा बैंग्लोरलाई जित दिलाउने क्रममा कोहलीले अर्धशकीय योगदान दिए भने चहलले तीन विकेट लिए । पहिला ब्याटिङ गर्दै राजस्थानले दिएको १५५ रनको लक्ष्य बैंग्लोरले १९.१ ओभरमा २ विकेट मात्रै गुमाउँदै भेट्टयो ।

कोहलीले नटआउट ७० रन बनाए । उनले ५३ बल खल्दै ७ चौका र २ छक्का प्रहार गरे । यस्तै, देवदुत पाडिकलले ४५ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै ६३ रन बनाए । कोहली र पाडिकलले दोस्रो विकेटका लागि ९९ रनको साझेदारी गरेका थिए । राजस्थानका जोफ्रा आर्चर र श्रेयस गोपालले १ विकेट लिए ।

यसअघि पहिला ब्यटिङक गरेको राजस्थानले खराब सुरुवात गरेपछि तल्लो क्रमका ब्याट्सम्यानले राम्रो योगदान दिएपछि सम्मानजनक योगफल बनायो । उसका मनिपाल लोम्रोरले सर्वाधिक ४७ रन बनाए भने राहुल तेवातियाले २४, जोस बट्लरले २२ रन बनाए ।

राजस्थानलाई सस्तैमा समेट्ने क्रममा बैंग्लोरका चहलले उत्कृष्ट प्रदर्शन गरे । उनले ४ ओभरमा २४ रन खर्चेर ३ विकेट लिए । यस्तै, इसुरु उडानाले २ र नवदीप सैनीले १ विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP