टि-२० विश्वकपको मुखैमा मिसवाह उल हक र वाकर युनिसले छाडे पाकिस्तानी टिम

टि-२० विश्वकप आउन १ महिना मात्र बाँकी रहेको अवस्थामा पाकिस्तानी टिम समस्यामा परेको छ। विगत २ वर्षदेखि टिम हेर्दै आएका मुख्य प्रशिक्षक मिसवाह उल हक र बलिङ प्रशिक्षक वाकर युनिसले सोमबार पदबाट राजीनामा दिएका छन्।

पछिल्लो समय मिसबाह उल हक र वाकर युनिस दुवैको पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) अध्यक्ष रमित राजासँग सम्बन्ध चिसिएको थियो । राजाले खुलेरै उनीहरुको आलोचना गर्दै आएका थिए।

पिसिबीले टि–२० विश्वकपका लागि टिम घोषणा गरेको केही समयपछि नै मिसबाह र वाकरले राजीनामा दिएका हुन्।

पिसिबीलाई राजीनामा पत्र बुझाउँभदै मिसबाहले आफू आगामी चुनौतीका लागि मानसिक रुपमा तय भएको बताएका छन्। मिसबाह र वाकर दुवै सन २०१९मा पाकिस्तान टिमका आएका थिए। पिसिबीसँग उनीहरुको सम्झौता अवधि अझै एक वर्ष बाँकी छ।

पिसिबीले मिसबाह र वकारको स्थानमा सक्लेन मुस्ताक र अब्दुल रज्जाकलाई अन्तरिम प्रशिक्षक नियुक्त गरेको छ।

युएई र ओमानमा हुने टि–२० विश्वकपअघि पाकिस्तानले घरेलु मैदानमा न्युजिल्यान्ड र इंग्ल्यान्डसँग सिरिज खेल्ने छ। सेप्टेम्बर १७ बाट हुने एकदिवसीय सिरिज मार्फत मुस्ताक र रज्जाकले पाकिस्तान टिम हेर्ने छन्।

Facebook Comments Box