पाकिस्तानले घोषणा गर्‍यो टि–२० विश्वकपका लागि टिम

आसन्न टि–२० विश्वकपका लागि पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी)ले आफ्नो टिम घोषणा गरेको छ। विश्वकपका लागि पिसिबीले सोमबार बाबर अजामको कप्तानीमा १५ सदस्यीय टिम घोषणा गरेको हो।

युएई र ओमानमा संयुक्त रुपमा आयोजना हुने टि–२० विश्वकपले पाकिस्तानले घोषणा गरेको टिममा आसिफ अली र खुसदिल साहले पुनरागमन गरेका छन्। आसिफ गत अप्रिल यता पाकिस्तानी टिमबाट बाहिर रहँदै आएका थिए । यता, खुसदिलले अन्तिम पटक गत फ्रेबुअरीमा खेलेका थिए।

टि–२० विश्वकप १७ अक्टोबरदेखि युएई र ओमानमा आयोजना हुँदै छ । विश्वकपमा पाकिस्तानले भारतविरुद्ध २४ अक्टोबरमा खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ।

पाकिस्तानी टिम : बाबर अजाम, सदाब खान, आसिफ अली, खुसदिल साह, आजम खान, ह्यारिस रउफ, हसन अली, इमद वसिम, मोहम्मद हाफिज, मोहम्मद हुसैन, मोहम्मद नवाज, मोहम्मद रिजवान, मोहम्मद वासिम, साहिन साह अफ्रिदी र सोहेब मक्सुद ।

वैकल्पिक खेलाडी : फकर जमान, सहनवाज दहानी र उस्मान कादिर।

Facebook Comments Box