लिभिङ्स्टोनले बनाए सानदार शतक, तर पाकिस्तानसँग हार्‍यो इंग्ल्यान्ड

लियाम लिभिङ्स्टोनको शानदार शतकका बाबजुद पनि इंग्ल्यानड पाकिस्तानविरुद्धको टि–२० सिरिजको पहिलो खेलमा पराजित भएको छ। शुक्रबार राति ट्रेन्टब्रिजमा भएको खेलमा लिभिङ्स्टोनले शतक बनाएको खेलमा इंग्ल्यान्ड पाकिस्तानसँग ३१ रनले पराजित भयो ।

पहिला ब्याटिङ गर्दै पाकिस्तानले दिएको १३३ रनको लक्ष्य छ्याएको इंग्ल्यान्डले १९.२ ओभरमा अलआउट हुँदै २०१ रन मात्र बनाउन सक्यो । उसका लािग लिभिङ्स्टोनले ४३ बलमा ६ चौका र ९ छक्का प्रहार गर्दै १०३ रन बनाए । उनले १७ बलमा ५० र ४२ बलमा सय रन बनाए ।

यस्तै, जासन रोएले ३२ तथा कप्तान इओन मोर्गन र डेविड वाइलीले समान १६ रनको योगदान दिए । पाकिस्तानका साहिन साह अफ्रिदीले ३.२ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए भने सादब खाने ४ ओभरमा ५४ रन खर्चेर ३ विकेट लिए ।

यसअघि पहिला ब्याटिङ गरेको पाकिस्तानले कप्तान बाबर अजाम र मोहम्मद रिजवानको अर्धशतक मद्दतमा निर्धारित ओाभरमा ६ विकट गुमाउँदै २३२ रन बनायो । यो उसको टि–२० क्रिकेटको सर्वाधिक रन हो। कप्तान बाबर आजमले ४९ बलमा ८चौका र ३ छक्का प्रहार गर्दै ८५ रन बनाए भने रिजवानलेले ४१ बलमा ८ चौकार १ छक्काको सहयोगमा ६३ रन बनाए ।

यस्तै, फखर जमानले ८ बलमा २६, मोहम्मद हाफिजले १० बलमा २४ रन बनाए । इंग्ल्यान्डका टम कुरानले २ विकेट लिए।

यी दुईबीचको दोस्रो टि–२० १८ जुलाई र तेस्रो टि–२० २० जुलाईमा हुने छ।

Facebook Comments Box