पिएसलएका बाँकी खेल जुनमा हुने

खेलाडी र स्टाफमा कोरोना संक्रमण देखिएपछि बीचमै स्थगित भएको पाकिस्तान सुपर लिग (पिएसएल)का बाँकी खेल आगमी जुन हुने भएको छ। आयोजक पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी)ले टिमहरुसँगको छलफल पछि प्रतियोगिताका बाँकी खेल जुनमा खेलाउने निर्णय गरेको हो।

खेलाडी र स्टाफमा कोरोना संक्रमण देखिन थालेपछि प्रतियोगिता दुई साताअघि अनिश्चितकालका लागि स्थगित भएको थियो। प्रतियोगिता रोकिनुअघि लिगका चरणका १४ खेल भएका थिए ।

पिएसएलमा नेपाली युवा लेगस्पिनर सन्दीप लामिछाने पनि आबद्ध छन् । अक्सनमा नबिकेका सन्दीपलाई उनकै पूर्वटिम लाहोर कलन्दर्सले रसिद खानको स्थानमा टिममा बोलाएका थिए । लिग रोकिनु केही दिनअघि मात्र सन्दीप पाकिस्तान पुगेका छन्, उनी कुनै खेल नखेल्दै स्वदेश फर्किएका थिए।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.