पाकिस्तान सुपर लिगका बाँकी खेल युएईमा हुने

कोरोना भाइरस महामारीका कारण बीचमै रोकिएको पाकिस्तान सुपर लिग (पिएसएल)का बाँकी खेल युएईमा हुने भएको छ। युएईको सरकारले प्रतियोगिता आयोजनाका लागि अनुमति दिएसँगै पिएसएलका बाँकी खेल युएईमा हुने तय भएको हो।

पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी)ले प्रतियोगिताका बाँकी खेल पाकिस्तानमै गर्न तालिका समेत सर्वाजनिक गरेको थियो । तर, क्लबहरू प्रतियोगिताका बाँकी खेल पाकिस्तानमा नभई युएईमा गर्न प्रस्ताव गरेपछि पिसिबीले प्रयोगिता आयोजनाका लागि युएई सरकारसँग अनुमति मागेको थियो।

प्रतिोगिता युएईमा हुने तय भए पनि मिति भने तय भइसकेको छैन । प्रतियोगिताका २० खेल बाँकी छन् ।

६ टिम सहभागी पिएसएलका खेलाडी तथा अफिसिएलहरु युएई पुगेपछि ७ दिन अनिवर्या क्वारेन्टिनमा बस्नु पर्ने छ भने सबैले अनिवार्य रुपमा कोरोना भाइरसविरुद्धको खोप लगाएको हुनुपर्ने छ।

प्रतियोगितामा नेपाली युवा लेगस्पिरन सन्दीप लामिछाने पनि आबद्ध छन् । पिएसएलको अक्सनमा बिक्न असफल भएका सन्दीपले प्रतियोगिता आधा भएपति खेल्ने मौका पाएका थिए । सन्दीपलाई उनकै पूर्व क्लब लाहोर कलन्दर्सले रसिद खानको स्थानमा टिममा राखेको थियो।

प्रयियोगितामा सहभागी हुन सन्दीप पाकिस्तान पुगेका थिए, तर कोरोनाका कारण प्रतियोगिता स्थगित भएपनि उनी कुनै खेल नखेली स्वदेश फर्किएका थिए।

Facebook Comments Box