सन्दीपले पाकिस्तान सुपर लिग नखेल्ने, लाहोरले रिलिज गर्‍यो

नेपाली युवा लेगस्पिनर सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग नखेल्ने भएका छन् । पिएसएल टिम लाहोर कलन्दर्सले सन्दीपलाई रिलिज गरेपछि उनले पिएसए नखेल्ने भएका हुन्।

कोरोना भाइसका कारण बीचमै रोकिएको पिएसएलका बाँकी २० खेल युएईमा हुने तय भएको छ।

पिएसलको अक्समान नबिको सन्दीपलाई लाहोलले प्रतियोगिताको बीचमै टिममा समावेश गरेको थियो । अफगानिस्तानका लेगस्पिनर रसिद खान राष्ट्रिय टिमका लागि खेल्न भएपछि उनकै स्थानमा लाहोरले सन्दीपलाई लिएको थियो।

त्यसपछि सन्दीप प्रतियोगिता खेल्नाका लागि पकिस्तान पुगे, कोरोना कहरका कारण लिग बीचमै रोकिएपछि सन्दीप कुनै खेल नखेली स्वदेश फर्किएका थिए ।

लाहोरले युएईमा हुने प्रतियोगिताका बाँकी खेलका लागि सन्दीपको स्थानमा पुनः रसिद खानलाई नै समावेश गराउने भएको छ। सोही कारण सन्दीपले पिएसएन नखेल्ने भएका हुन्।

Facebook Comments Box