वर्षाले खेल रोकिँदा पाकिस्तानले जित्यो वेस्टइन्डिजविरुद्धको सिरिज

पाकिस्तान र वेस्टइन्डिजबीचको टि–२० सिरिजको अधिकांश खेल वर्षाले प्रभावित बन्यो । चार खेलको टि–२० सिरिजका ४ मध्ये तीन खेल वर्षाले हुनै सकेनन्।

त्यही भएको एउटा खेलमा जित निकालेपछि पकिस्तानले सिरिज १–०ले जितेको छ। मंगलबारका लागि तय भएको चौथो टि–२० पनि भारी वर्षाका कारण रोकिएपछि पाकिस्तानले सिरिज जितेको हो।

मंगलबार गुएनामा वर्षाले खेल प्रभावित हुनुअघि वेस्टइन्डिजले पहिला ब्याटिङ गर्दै ३ ओभरमा बिना क्षतिमा ३० रन जोडेको थियो ।

यसअघि वर्षाकै कारण पहिलो र तेस्रो खेल रद्द भएको थियो । दोस्रो खेल भने पाकिस्तानले ७ रनले जितेको थियो।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post नेपालका लागि पारसको बलिङ (इन्फोग्राफिक्स)
Next post कप्तानसँगै सन्न्यास लिन चाहन्थे पारस
Close