साहिद अफ्रिदी फाउन्डेसनको लोगो पाकिस्तानी क्रिकेट टिमको जर्सीमा

लेजेन्ड क्रिकेटर साहिद अफ्रिदीको फाउन्डेसन साहिद अफ्रिदी फाउण्डेसनको लोगो पाकिस्तानी क्रिकेट टिमको जर्सीमा राखिने भएको छ । इंग्ल्यान्ड भ्रमणमा रहेको पाकिस्तानी टिमले आगामी सिरिजमा अफ्रिदी फाउण्डेसनको लोगो अंकित जर्सी लगाउने छ ।

इंग्ल्यान्डमा भ्रमणका लागि पाकिस्तानी टिमका लागि मुख्य प्रायोजक नभेटिएपछि जर्सीमा अफ्रिदी फाउण्डेसनको लोगो प्रयोग गर्न लागिएको हो । आफ्नो फाउन्डेसनको लोगो पाकिस्तानी टिमको जर्सीमा प्रयोग हुने खरबले आफू एकदमै गर्वको कुरा भएको अफ्रिदीले बताएका छन् ।

अफ्रिदीले ट्विटरमा लेखेका छन्, ‘पाकिस्तान क्रिकेट टिमको जर्सीमा मेरो फाउन्डेसनको लोगो हुनेछ । यो हाम्रो लागि गर्वको कुरा हो । हामी पीसीबीको च्यारिटी पार्टनर भएकोले खेलाडीहरूको किटमा फाउन्डेसन लागो राखिएको हो । यसको लागि निरन्तर मेरो समर्थनमा रहनु हुने वसीम खान र पीसीबीलाई धन्यवाद ।’

पीसीबीको पेय पदार्थ कम्पनी पेप्सीसँगको सम्झौता सक्किएकोले अहिले पीसीबीसँग मुख्य प्रायोजक छैन । मुख्य प्रायोजनका लागि थुप्रै कम्पनीहरुसँग कुरा भइरहेको र चाँडै नै टुंग लाग्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *