पारस र दीपेन्द्रले इपिएल नखेल्ने

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का र वर्तमान उपकप्तान दीपेन्द्रसिंह ऐरीले चौथो संस्कणको एभरेस्ट प्रिमियर लिग (इपिएल) नखेल्ने भएका छन्। इपिएलले मंगलबार सार्वजनिक गरेको लिस्टमा दुवै खेलाडी समावेस छैनन्।

इपिएलमा पारस विराटनगर वासियर्सका कप्तान थिए भने दीपेन्द्र चितवनमा आबद्ध थिए । केही सयम अगाडिमात्र राष्ट्रिय टिम छाडेका पारसले व्यक्तिगत कारणले इपिएल नखेल्ने घोषणा गरेका हुन् भने दीपेन्द्र घाइते भएकाले नखेलने भएका हुन्।

राष्ट्रिष्य टिमको ओमान भम्रणका क्रममा अभ्यसमा उनी घाइते भएका थिए । सोही कारण उनले ओमान नेपालले खेलेका ६ खेल नै गुमाएका थिए।

त्यस्तै लामो समयदेखि राष्ट्रिय टिमबाट बाहिर रहेका स्पिनर बसन्त रेग्मीले पनि यो पटक इपिएल खेल्ने छैनन् । विराटनगरमा आबद्ध उनलाई पनि विराटनगरले खेलाडीको सूचीमा राखेको छैन।

इपिएल ९ असोजलेखि २३सम्म कीर्तिपुरस्थित टियू मैदानमा सञ्चालन हुनेछ। प्रतियोगिताको विजेताले ५० लाख र उपविजेताले १५ लाख रुपैयाँ प्राप्त गर्ने छन्।

Facebook Comments Box