कप्तानका रुपमा पारसका उपलब्धि

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले मंगलबार अचानक अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने घोषण गरे । २ वर्षपछि अप्रत्यासित रुपमा कप्तानी पद त्याग गरेका पारसले सन्न्यास पनि त्यही शैली लिए, सामाजिक सञ्जालमा स्टाटस लेख्दै ।

नेपाली क्रिकेटले अहिलेसम्म जति उपलब्धि हासिल गरेको छ, त्यसको सबैभन्दा महत्वपूर्ण हिस्सा हुन्, पारस खड्का । एक दशक नेपाली क्रिकट टिमको नेतृत्व गरेका पारसकै कप्तानीमा नेपालले टि–२० विश्वकप खेल्नेदेखि लिएर एकपदवसीय मान्यता जस्तो उपलब्धि हासिल ग¥यो।

सन् २००४ मा मलेसियाविरुद्ध खेल्दै पारसले राष्ट्रिय टिममा डेब्यू गरे । सन् २००९ मा विनोद दासलाई प्रतिस्थापन गरी गदैै पारस २२ वर्षकै उमेरमा नेपाली टिमको कप्तान बने । एक दशक बीचमा नेपाली क्रिकेटले देखेको सबैखाले सपना साकार पार्ने समूहको नेतृत्व पारसले गरे ।

उनी नेपाली क्रिकेटमा अहिलेसम्मकै सर्वाधिक सफल कप्तान हुन् । नेपाललाई आईसीसी विश्व क्रिकेट लिग डिभिजन–५ देखि ट्वान्टी–२० विश्वकप र एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता दिलाउन पारसले खेलाडी र कप्तानको रूपमा खेलेको भूमिका अविश्वसनीय छ ।

उनी नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रिय, टि–२० अन्तर्राष्ट्रिय र टि–२० मा सर्वाधिक रन बनाउने खेलाडी हुन् । उनी टि–२० र एकदिवसीयमा शतक बनाउने एकमात्र नेपाली खेलाडी पनि हुन् । पारसले नेपाली टोलीबाट १० वटा अन्तर्राष्ट्रिय एकदिवसीय खेल खेलेका छन् । उनले १० खेलबाट ३१५ रन बनाएका छन् । त्यस्तै उनले ट्वान्टी(२० अन्तर्राष्ट्रियमा ७९९ र ट्वान्टी(२० मा ५६ खेलमा १ हजार ३ सय ७७ रन बनाएका छन् ।

पारसकै कप्तानीमा नेपालले २०१४ मा बंगलादेशमा टि–२० विश्वकप खेलेको थियो भने २०१८ मा जिम्बाब्वेमा भएको विश्वकप छनोटबाट एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो ।

२०१०मा नेपाली टिमलाई विश्व क्रिकेट लिग डिभिजन–५ को उपाधि दिलाउनु कप्तानका रुपमा पारसको पहिलो उपलब्धि हो । उनकै कप्तानीमा सन् २०११ मा नेपाल एसिसी टि–२० कपको समिफाइनलसम्म पुगेको थियो ।

यसैगरी २०१२ मा डिभिजन–४ को उपाधि जित्दै नेपाल डिभजिन तीनमा बढुवा भयो । त्यसको अर्को वर्ष नै नेपालले डिभजिन–३को उपाधि जित्यो र डिभिजन–२मा बढुवा भयो। सोही वर्ष नेपाली क्रिकेट टिमले एसीसी टि–२० कपको फाइनलमा स्थान बनायो।

सन् २०१३ मै नेपालले टि–२० विश्वकपमा स्थान सुरक्षित ग¥यो। पारसकै कप्तानीमा नेपाली टिम छनोटमा तेस्रो हुँदै बंगलादेशमा हुने विश्वपकका लागि छानिएको थियो। यो नेपाली क्रिकेटकै सबै ठूलो उपलब्धि हो।

सन् २०१४मा ऐतिहासिक रुपमा टि–२० विश्वकप खेल्यो । जसमा अफगानिस्तान र हङकङलाई हराए पनि बंगलादेशसँग पराजित, समूहबाटै बाहिरिएको थियो।

यस्तै, सन् २०१४ मै एकदिवसीय विश्वकप छनोटमा नवौं हुँदै भएपछि डिभिजन २ बाट रेलिगेसनमा परेको नेपालले सोही वर्ष डिभिजन–३ उपाधि जित्दै पुनः डिभिजन २मै फर्किएको थियो। सन् २०१७ मा नेपाल विश्व क्रिकेट लिग डिभिजन–२ फाइनलमा पुग्यो।

सन् २०१८मा नेपालले पारसकै कप्तानीमा एकदिवसीय विश्वकप छनोटमार्फत ऐतिहासिक एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त ग¥यो । सोही वर्ष नेपालले नेदरल्यान्ड्समाथि १ रनको रोमाञ्चक जित निकाल्दै पहिलो एकदिवसीय जित निकालेको थियो।

Facebook Comments Box