पारसको सन्न्यास अप्रत्यासित : क्यान पदाधिकारी

नेपाली राष्ट्रियी टिमको पूर्वकप्तान पारस खड्काले मंगलबार बिहानै समाजिक सञ्जालमार्फत अचानक सन्न्यसाको घोषणा गरे । पारसले सन्न्यासका विषयमा नेपाल क्रिकट संघ (क्यान) पनि बेखबर छ।

दुई वर्षपघि क्यानसँग कुनै सल्लाह नै नगरी अचानक कप्तानी त्याागेका पारसले सन्न्यास लिँदा पनि क्यानलाई खबर गरेनन्।

क्यानका पदाधिकारीले पारसको सन्न्यास अप्रत्यासित भएको बताएका छन् । ‘कप्तानबाट राजीनामा दिए जस्तै सन्न्यास पनि अप्रत्यासित भयो,’ क्यान अध्यक्ष चतुरबहादु चन्दले भने । उनले मंगलबार बिहान करीब साढे ७ बजेतिर पारसले इमेल गरेर सन्न्यास लिन लागेको जानकारी गराएको बताए।

यस्तै, क्यान सचिव अशोकनाथ प्याकुरले पारसको सन्न्यासका विषयमा कुनै जानकारी नभएको प्रतिक्रिया दिए । उनले भने, ‘हामीसँग कुनै सल्लाह नै भएको छैन, त्यसैले मलाई उहाँको सन्यासबारे जानकारी छैन। मैलै पनि समाचार पढेर मात्र थाहा पाएँ।’

क्यानले सामाजिक सन्जाल मार्फत नै नेपाली क्रिकेटका लागि दिएको योगदानप्रति पारसलाई धन्यवाद दिएको छ । क्यानले लेखेको छ, ‘तपाईं जुन नेपाली क्रिकेटमा जुन उपलब्धि हाँसिल गर्नु भएको छ, त्यसको लागि सधैं सम्झि रहने छौं । साथै, तपाईंलाई उज्ज्वल भविष्यको शुभकामना ।’

Facebook Comments Box