कप्तानसँगै सन्न्यास लिन चाहन्थे पारस

नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान पारस मंगलबार बिहान सामाजिक सञ्जालमा मार्फत सन्न्यासको घोषणा गर्दै सबैलाई अचम्ममा पारे । करिब दुई वर्षअघि कप्तान पद त्यागेका पारसले १७ वर्षे अन्तर्राष्ट्रिय खेल जीवन टुंग्याउँदा सबै आश्चर्यमा परे।

२००९ मा एसीसी टी–२० मार्फत नेपालको कप्तानी समहालेका पारसले त्यसको १० वर्षपछि सन् २०१९ओमानमा भएको भएको पाँच राष्ट्र सम्मिलित टी–२० राष्ट्रिय प्रतियोगितापछि कप्तानी त्यागेका थिए ।

अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्न्यास लिएपछि पारसले आफूले कप्तान र सन्न्याससँगै लिने चाहेको बताएका छन्। उनले भने, ‘‘मैले संन्यासको बारेमा सोचिरहेको थिएँ, साँच्चै भन्नु पर्दा मैले कप्तानी छाडेकै बेलामा नखेल्ने निर्णयमा पुगिसकेको थिएँ ।’

त्यतिवेला नेपाली टिमलाई स्थितरता चाहिएको र नयाँ कप्तान ज्ञानेन्द्र मल्ललाई पनि आफ्नो समर्थन आवश्यक भएकाले आफूले त्यतिबेल कप्तान छाड्ने र सन्न्यास लिने निर्णय गर्न नसकेको पारसले बताए । उनले एकदिवसीय अन्तर्राष्ट्रिय साइकलमा पनि धेरै म्याचहरु भएकाले अझ केही समय खेलौं भनेर खेलेको बताए।

पारसले नेपाली टिमको पुनर्संरचना आवश्यक रहेका आफूले सन्न्यासको घोषणा गरेको उल्लेख गरेका छन्। ‘अझै खेल्छु भनेर अन्यौलमा राख्नु बेकार हो। अब नेपाली टिमको पुनर्स‌ंरचना हुनुपर्छ,’ पारसले सन्न्यास लिनुको कारण खुलाए । नेपालले टी–२० अन्तर्राष्ट्रियमा एकदमै राम्रो खेलिरहेको छ, र टिमले यसलाई निरन्तरता दिनेछ आशा पनि पारसले व्यक्त गरे।

केही निराश देखिँदै पारसले आफूमा आफूमा दृढ निश्चितता हराइसकेकाले मैदानमा गएर लडेर खेल्न नसक्ने बताए । उनले भने, ‘एउटा शृंखला बढी खेल्दैमा अझ धेरै असर पर्छ जस्तो चाहिँ मलाई लाग्दैन । त्यसै पनि ममा दृढ निश्चितता हराइसकेको छ । अब पनि मैदानमा गएर लडेर, डटेर म खेल्न सक्दिनँ । त्यसैले खेल जीवनमा टुंग्याएँ।’

‘आज जे छु त्यो दृढ संकल्पका कारण नै छु । अब फेरि मैदानमा बसेर म यो दोहर्‍याउन सक्दिनँ । मेरो संन्यास सही वा गलत थियो भन्दा पनि यसको वास्तविक प्रभाव अगामी ७–८ वर्षमा देखिन सक्छ र अहिलेभन्दा पनि त्यत्ति खेर मूल्यांकन गर्दा अझ ठिक हुनेछ’ पारसले भने।

Facebook Comments Box