ज्ञानेन्द्र मल्ल भन्छन्– पारस तपाईंबाट क्रिकेट टिममात्र होइन, लाखौं नेपाली ‘इन्स्पायर’ छन्

नेपाली राष्ट्रिय क्रिकेट टिमलाई एक दशक नेतृत्व गरेका पूर्वकप्तान तथा सहकर्मी पारस खड्काले राष्ट्रिय टिमबाट सन्न्यासको घोषणा गरेपछि वर्तमान कप्तान ज्ञानेन्द्र मल्लले फेसबुकमार्फत प्रतिक्रिया दिँदै पारसबाट नेपाली क्रिकेट टिम मात्र नभई लाखौं नेपाली ‘इन्स्पायर’ भएको बताएका छन्।

नेपाली क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले मंगलबार बिहानै सामाजिक सञ्जालमार्फत् राष्ट्रिय टिमबाट सन्न्यासको घोषणा गरेका थिए । उनले दुई वर्षअघि कप्तानी छाड्दा जस्तै अचानक सन्न्यासको घोषणा गरे ।

‘तपाईंलेले हाम्रो क्रिकेट टिमलाई मात्र प्रेरित गर्नुभएको छैन, नेपालका लाखौं जनतालाई पनि प्रेरित गर्नुभएको छ’, कप्तान मल्लले फेसबुकमा लेखेका छन्, ‘तपाईं सच्चा लिजेन्ड हो, सँगै महान लिडर र च्याम्पियन खेलाडी पनि ।’

उमेर समूहदेखि नै राष्ट्रिय टिमबाट सँगै खेल्दै खाएका ज्ञानेन्द्रले पारसले नेपाली क्रिकेटलाई अतुलनीय योगदान दिएको बताएका छन्। उनले लेखका छन्, ‘मैदानमा तपाईं छेउमा नभइ पाइला चाल्न साँचै गाह्रो हुनेछ । यी सबै कुराका लागि तपाईंलाई धन्यवाद । हामी तपाईंलाई सँधैँ सम्झिने छौं।’

Facebook Comments Box