क्रिकेटराष्ट्रिय क्रिकेट

क्रिकेटको संचरना परिवर्तन क्यानमा आउन लागेको हुँ : पारस

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले नेपाली क्रिकेटको संरचना परिवर्तन गर्न नेपाल क्रिकेट संघ (क्यान)मा आउन लागेको बताएका छन्।

शुक्रबार क्यानको बागमति प्रदेशमा अध्यक्षमा उम्मेदवारी घोषणा गर्दै पारसले संरचना परिवर्तन गर्नका लागि आफूले व्यवस्थापनमा आउन चाहेको बताए । उनले क्रिकेटको विकास आफ्नो प्राथमिकता भएको बताएका छन्।

बागमति प्रदेश अध्यक्षमा पारसले बागमतिका ६ जिल्लासंघ मध्ये ४ जिल्ला संघको समर्थन छ। उनलाई काठमाडौं, ललितपुर, भक्तपुर र मकवानपुर जिल्ला संघको समर्थन छ।

‘चुनाव जित्न मात्रै आएको होइन। क्रिकेटको संरचना परिवर्तन गर्नु जरुरी छ, त्यसैले आएको हो,’ उनले भने, ‘क्रिकेट संघमा आउन चाहँदा निकै सकरात्मक प्रतिक्रिया पाएपछि प्यानल बनाएरै अध्यक्षमा उम्मेदवारी घोषणा गरेको हुँ।’

पारसले नुवाकोट र चितवन जिल्लासँग समन्वय गर्न खोजे पनि ती २ जिल्लासँग समन्वय हुन नसकेको बताए । क्यानको पदाधिकारी भएर काम गर्न सबैतिरबाट सुझाव आएको बताए।