राष्ट्रिय खेलकुदमा बागमति प्रदेशको क्रिकेट पारसले हेर्ने

Read Time:1 मिनेट

नवौं राष्ट्रिय खेलकुदमा बागमती प्रदेशको क्रिकेट टिम हेर्ने जिम्मेवारी नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान पारस खड्काले पाएका छन् । प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशले पारसलाई क्रिकेट खेलको प्राविधिक समितिको प्रमुखको जिम्मेवारी दिएको हो।

प्रदेश खेलकुद विकास परिषद्का अनुसार पारसले क्रिकेट खेलको संयोजकको जिम्मेवारी निर्वाह गर्नेछन् । उनले प्रदेश प्रतियोगिताको आयोजना, सञ्चालन र छनोटमा प्रमुख भूमिका खेल्नेछन् ।

बागमतीले नवौं राष्ट्रिय खेलकुदमा क्रिकेट खेलमा स्वर्णको सम्भावना देखेको छ । सोही अनुसार प्रदेशले क्रिकेट खेलको सम्पूर्ण छनोटको जिम्मेवारी पारसलाई दिएको हो ्।

बागमतीले सहभागी ३६ खेलको तालिका सार्वजनीक गर्दै संयोजक समेत तोकेको छ । प्रदेश खेलकुद विकास परिषद बागमतीले भदौ १३ गतेदेखि प्रदेश छनोट सुरु गरेर २४ गतेभित्र सक्ने तालिका बनाएको छ ।

सरकारले नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुनेछ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post विश्वकप ट्रफी सगरमाथा बेसक्याम्पमा प्रदर्शनीमा राखिने
Next post पेलेको स्वास्थ्यमा सुधार
Close