कमिन्सले आईपिएलका बाँकी खेल नखेल्ने

कोलकाता नाइट राइडर्सका अस्ट्रेलियन बलर पाट कमन्सिले आईपिएलका बाँकी खेल नखेल्ने भएका छन् । अस्ट्रेलियन पत्रिका मनिङ हेराल्डका अनुसार युएईमा हुने बाँकी खेल खेल्न कमिन्स युएई जाने छैन। उसका अनुसार कमिन्सले अस्ट्रेलियन क्रिकेट बोर्डलाई यसविषय पहिले नै जनकारी दिइसकेका छन्।

अस्ट्रेलियन टिमका उपकप्तान कमिन्स अहिले पारिवारिक कारणले विदामा छन् । उनी वेस्टइन्डिज भ्रमणमा जाने छैनन् । तर, कमिन्सले आईपिएल नखेल्नुको कारण भने मर्निङ हेराल्डले उल्लेख गरेको छैन।

यस्तै, इंग्ल्यान्ड एण्ड वेल्स क्रिकेट बोर्डले कप्तान इओन मार्गनलाई पनि आईपिएल खेल्न जान नदिने निर्णय गरिसकेको छ। आफ्ना दुई मुख्य खेलाडी मोर्गन र कमिन्स आईपिएल नखेल्ने भएपछि कोलकाता दबाबमा परेको छ ।

युएईमा हुने आईपिइलमा इंग्ल्यान्डका कुनै पनि खेलाडी सहभागी हुने छैन । इसिबीले आफ्ना खेलाडीलाई आईपिएलमा सहभागी हुन नदिने निर्णय यसअघि नै गरिसकेको छ।

Facebook Comments Box