गण्डकीलाई हराउँदै बागमती सेमिफाइनलमा

Read Time:1 मिनेट

बागमती प्रदेश काठमाडौंमा जारी टि–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार कीर्तिपुरस्थित टियू मैदानमा भएको समूह चरणको अन्तिम खेलमा गण्डकी प्रदेशसलाई ४० रनले पराजित गर्दै बागमतीले सेमिफाइनलमा स्थान बनाएको हो।

गण्डकीमाथिको जितसँगै बागतमी समूह बीको उपविजेता बन्यो । उसले ४ मध्ये ३ खेलमा जित निकाल्यो । यता, गण्डकी भने लगातार तेस्रो हार बेहोर्दो प्रतियोगिताबाट बाहिरिएको छ। उसले अझै एक खेल खेल्न बाँकी छ।

पहिला ब्याटिङ गर्दै बागमतीले दिएको १४४ रनको लक्ष्य पछ्याएको गण्डकीले २० ओभरमा ९ विकेट गुमाउँदै १०३ रन मात्र बनाउन सक्यो । उसका लागि कमल परियारले सर्वाधिक ११ रन बनाउँदा अन्य पाँच ब्याट्सम्यानले समान १० रन बनाए । गण्डकीलाई सस्तैमा समेट्ने क्रममा बागमतीका सुवास खत्री, विपिन आचार्य र नन्दन यादवले समान २ विकेट लिए।

यसअघि टस जितेर ब्याटिङ रोजेको बागमतीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १४३ रन बनाएको थियो ।बागमतीका लागि विपिन आचार्यले सर्वाधिक ३० रन बनाउँदा प्रतिश जिसी र सुवास खकुरेलले समान २७ रन बनाए । गण्डकीका लागि कृष्ण पौडेल र विशाल पौडेलले २–२ विकेट लिए।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post फ्रेन्ड्समाथि आर्मीको जित, तेस्रो स्थानमा उक्लियो
Next post टाइगर कप भलिबलमा पुरुषतर्फ आर्मी च्याम्पियन
Close