
प्रधानमन्त्री कप फाइनल : एपिएफलाई आर्मीले दियो २१२ रनको लक्ष्य
काठमाडौंमा जारी चौथो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि जित्न एफिएफ क्लबले २१२ रनको मध्यम लक्ष्य पाएको छ । कीर्तिपुरस्थित टियू मैदानमा जारी खेलमा त्रिभुवन आर्मी क्बले पहिला ब्यटिङ गर्दै एपिएफलाई २१२ रनको लक्ष्य दिएको हो ।
पुछारका ब्याट्सम्यानले आक्राम इनिङ खेलेपछि आर्मीले एपिएफविरुद्ध मध्यम लक्ष्य दिएको हो । ४० ओरमा १३५ रन मात्र बनाएका उसले त्यसपछिका १० ओभरमा ७६ रन बनाएको थियो । आर्मीका हरि चौहानले १०२ बलमा ६ चौका सहित सर्वाधिक ५८ रन बनाए ।
यस्तै, उसका लागि राजेश पुलामीले २९बलमा २८ रन बनाए भने साहब आलमले १४ बलमा २५, लोकश बमले ९ बलमा १५ र विक्रम सोबले ९ बलमा ११ रनको योगदान दिए पछि आर्मीले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै २११ रन बनाउन सफल भयो ।

फाइनलमा आर्मीले ओपनिङमा नयाँ प्रयोग गरेको थियो । उसले स्पिनर सुशन भारीलाई अनिल मण्डलसँगै ओपनिङमा पठाएको थियो । उनले अनिलसँग ३२ रनको साझेदारी गरेका थिए । सुशनले १३ रन बनाउँदा अनिल ७ रनमा आउट भए । यस्तै, रोहित पौडेलले १३ रन बनाउँदा कप्तान विनोद भण्डारी र भीम सार्कीले समान ७ रन बनाए ।

एपिएफका तीव्र गतिका बलर अभिनाश बोहराले १० ओभरमा २ मेडन सहित २५ रन खर्चेर ४ विकेट लिए । किशोर महतोले १० ओभरमा ५३ रन खर्चेर २ विकेट लिए । भुवन कार्की, शरद भेषावकर र कमलसिंह ऐरीले १–१ विकेट लिए ।