प्रधानमन्त्री कपको उपाधिका लागि आर्मी र एफिएफ भिड्दै, आर्मीको खराब ब्याटिङ

चौथो संस्करणको प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि अहिले कीर्तिपुरस्थित टियू मैदानमा दुई विभागीय टिम त्रिभुवन आर्मी क्लब र एपिएफ क्लब भिडिरहेका छन् । जारी खेलमा एपिएफले टस जितेर फिल्डिङ रोजेपछि आर्मी ब्याटिङ गरिरहेको छ ।

पहिलो इनिङको ४० ओभर सकिँदा आर्मीले ५ विकेटको क्षतिमा १३५ रन मात्र बनाउन सकेको छ । उसको हरि चौहान अर्धशतक बनाएर खेलिरहेका छन् भने उसनलाई राजेश पुलामीले २० रन बनाएर साथ दिइरहेका छन् ।

आर्मीका आर्मीका सुशन भारी र रोहित पौडेलले समान १३ रन बनाउँदा अनिल मण्डलले ११ र कप्तान विनोद भण्डारी तथा भीम सार्कीले समान ७ रन बनाए । एपिएफका अविनाश बोहराले २ तथा किशोर महतो, कमलसिंह ऐरी र भुवन कार्कीले समान १ विकेट लिए ।

आर्मीले आजको खेलमा कुनै परिवर्तन गरेको छैन । एपिएफले भने स्पिनर सूर्य तामाङको स्थानमा तीव्र गतिका बलर किशोर महतोलाई मौका दिएको छ । भेट्रान स्पिनर बसन्त रेग्मी भने बेन्चमै छन् ।

आर्मीले पहिलो संस्करणको फाइनलमा नेपाल पुलिस क्लबसँग वर्षाको कारण उपाधि बाँडेको थियो । त्यसयता दुई फाइनलमा लगातार पराजित हुन पुगेको थियो । सशस्त्र दोस्रो संस्करणमा फाइनलमा आर्मीलाई ६ विकेटले हराउँदै उपाधि जितेको थियो । अन्य संस्करणमा भने एपिएफ सेमिफाइनलबाट बाहिरिएको थियो ।

एपिएफ समूह ए बाट विजेता र आर्मी उपविजेताको रुपमा फाइनलमा प्रवेश गरेका थिए । समूह चरणको खेलमा एपिएफले आर्मीलाई ६ रनले हराएको थियो । पहिलो सेमिफाइनलमा एपिएफले पुलिसलाई ३० रन हराउँदै फाइनलमा स्थान बनाएको थियो । आर्मीले बागमती प्रदेशलाई ९४ रनले हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.