कर्णालीको पहिलो जित, प्रदेश एक ३१ रनले पराजित

प्रधानमन्त्री कप टि–२० क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले पहिलो जित निकलोको छ। यसैगरी मुलपानी क्रिकेट मैदानमा भएको खेलको कर्णालीले प्रदेश १ माथि ३१ रनको जित निकाल्यो।

पहिला ब्याटिङ गर्दै १२१ रनको सामान्य लक्ष्य पछ्याएको प्रदेश १ ले १७.५ ओभरमा अलआउट हुँदै ८९ रन मात्र बनाउन सक्यो ।

उसका लागि फिर्दोस अन्सारीले सर्वाधिक २३ रन बनाउँदा दिपेश कँडेल र श्रवण यादवले समान १५ र कप्तान सिद्धान्त लोहनीले १४ रनको योदान दिए । अन्यले भने दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।

प्रदेश १ लाई सस्तैमा समेट्ने क्रममा कर्णालीलका अनुज चुनाराले ३.५ओभरमा १६ रन खर्चेर ४ विकेट लिए भने दिवान पुनले २ विकेट लिए।

यसअघि पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित ओभरमा ७ विकेटको क्षतिमा १२० रन बनायो । उसका लागि कप्तान रविन्द्र शाहीले ३६ रन बनाउँदा प्रकाश जैशीले २५ रनको योगदान दिए । प्रदेश १ का मुकुन्द यादवले ३ तथा फिर्दोस अन्सारीले २ विकेट लिए।

प्रतियोगितामा कर्णालीलको पहिलो जित हो । उ पहिलो खेलमा आर्मीसँग ६३ रनले पराजित भएको थियो। प्रदेश १को भने यो पहिलो खेल हो।

Facebook Comments Box