विभागीय डर्बीमा आर्मीविरुद्ध पुलिसको शान

काठमाडौंमा जारी प्रधानमन्त्री कप टि–२० क्रिकेट प्रतियोगिताको दोस्रो कीर्तिपुरस्थित टियू मैदानमा विभागीय डर्बी भयो । त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब बीच भएको सो डर्बी भिडन्तमा पुलिस विजयी भयो।

पुलिलले त्रिभुवन आर्मी क्बलमाथि ५ विकेटको जित निकाल्यो। टियू मैदानमा आर्मीले दिएको १३८ रनको मध्यम लक्ष्य पुलिसले १८ ओभरमा ६ विकेट गुमाउँदै भेट्टायो ।

पुलिसको जितमा कुशल भुर्तेलले सर्वाधिक ३५ रन बनाउँदा रसिद खानले २८, दिलिप नाथले २५ र अनिल शाहले २२ रनको योगदान दिए । आर्मीका साहब आलमले ३ तथा जितेन्द्र मुखियाले २ विकेट लिए ।

यसअघि पहिला ब्याटिङ गरेको आर्मीले १९.५ ओभरमा अलआउट हुँदै १३७ रन बनायो । सोमपाल कामी र कप्तान विनोद भण्डारी बाहेक अन्यले गतिलो योगदान दिन नसक्दा आर्मी ठूलो योगफल बनाउन चुकेको थियो ।

विनोदले ३६ बलमा ४४ रन बनाउँदा सोमपालले ३५ बलमा ४२ रनको योगदान दिए । यस्तै, कुशल मल्ल, हरि चौहान र सुशन भारीले समान १२ रन बनाए ।

आर्मीलाई सस्तैमा रोक्के क्रममा पुलिसका उत्कृष्ट बलिङ गर्र्दै ४ विकेट लिए । आर्मीकै पूर्वखेलाडी करणले ४ ओभरमा १७ रन मात्र खर्चिए । यस्तै, गुल्सन झा र योगेन्द्रसिंह कार्कीले समान २ विकेट लिए।

प्रतियोगितामा पुलिस क्लबको लागतार दोस्रो जित हो । पहिलो खेलमा पुलिसले सुदूर पश्चिम प्रदेशमाथि २ रनको रोमाञ्चक जित निकालेको थियो।

Facebook Comments Box