राजु रिजाललाई समेट्दै पिएम कपका लागि सुदूरपश्चिमको टिम घोषणा

SHARE TO:
Read Time:1 Minute

सोमबारबाट काठमाडौंमा सुरु हुने प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताका लागि सुदुरपश्चिम प्रदेशको टिम घोषणा गरिएको छ। सुदूरपश्चिमले सन्तोष भट्टको कप्तानीमा आइतबार १४ सदस्यीय टिम घोषणा गरेको हो।

१४ सदस्यीय टिममा नेपाली राष्ट्रिय टिमका पूर्व विकेटकिपर ब्याट्सम्यान राजु रिजाल पनि समेटिएका छन् । यसअघि विभागीय टिम त्रिभुवन आर्मी क्लबबाट राष्ट्रिय प्रतियोगिता खेल्दै आएका राजुले यो पटक सुदूरपश्चिमबाट खेल्ने भएका हुन्।

सुदूरपश्चिमको टिममा शेर मल्ल, खडग बोहरा लगायत खेलाडी पनि समेटिएका छन्। गतवर्ष सुदूरपश्चिमले खडक बोहराको कप्तानीमा प्रधानमन्त्री कप खेलेको थियो, तर याे पटक कप्तानकाे जिम्मा सन्तोषलाई दिइएको छ ।

पुस २६ देखि माघ ५ सम्म टियू र मुलपानी क्रिकेटमा सञ्चानल हुने प्रतियोगितामा सुदूरपश्चिमले पहिलो खेल सोमबार नेपाल पुलिस क्लबसँग खेल्नेछ । समूह बीचमा रहेको सुदूरपश्चिमले २९ गते कर्णालीसँग खेल्ने छ भने ३० गते आर्मी र माघ २ गते प्रदेश १ सँग खेल्नेछ।

यस्तो छ टिम ः सन्तोष भट्ट (कप्तान), शेर मल्ल (उपकप्तान), खडक बोहरा, राजु रिजाल, गजेन्द्र बोहरा, दीपक बोहरा, हेमन्त धामी, विकाश आग्री, आदित्य महता, नारायण जोशी, वसन्त कार्की, अर्जुन साउद, दीपक टमटा र कैलाश ऐर ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
कमेन्ट गर्नुहोस्ः
SHARE TO:
Previous post कोराना महामरीबीच आजबाट सुरु हुँदै अफ्रिकन कप अफ नेसन्स
Next post हिमालयन शेर्पामाथि थ्री स्टारको जित
Close