पिएम कप महिला क्रिकेटमा कोशीको लागतार दोस्रो जित, बागमती ८ विकेटले पराजित

22 Dec, 2023

प्रधाममन्त्री कप महिला टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले वाग्मती प्रदेशलाई ८ विकेटले पराजित गर्दै विजयी भएको छ ।

वाग्मतीले कोशी प्रदेशलाई जीतका लागि ८८ रनको मध्यम लक्ष्य दिएको थियो। जवाफमा कोशी प्रदेशले १८ दशमलव १ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्‍यो ।

कोशीको जीतमा काजल श्रेष्ठले सर्वाधिक ४१ रनको योगदान दिइन् । उनले ५१ बल खेल्दै तीन चौका र एक छक्काको मद्दतमा ४१ रन बनाएकी हुन् ।

कोशी प्रदेशकी अर्की खेलाडी अपसरी बेगमले पनि समान ४१ रन बनाइन् । उनले ५४ बल खेल्दै चार चौका र एक छक्काको मद्दतमा ४१ रन बनाएकी हुन् । कप्तान रुविना क्षेत्रीले दुई रन बनाइन् । बलिङतर्फ वाग्मतीकी संस्कृति फुयाँल र सोनी पाख्रिनले समान एकरएक विकेट लिए । त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले व्याटिङको निम्तो पाएको वाग्मतीले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै ८७ रनको योगफल बनाएको थियो ।

वाग्मतीका लागि यशोधा विष्टले सर्वाधिक ४१ रनको योगदान दिइन् । उनले ५४ बल खेल्दै चार चौकाको मद्दतमा ४१ रन बनाएकी हुन् । त्यस्तै अस्मीना कमचार्यले २४ रन बनाइन् । त्यसबाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । कञ्चन श्रेष्ठले ८ रन जोडिन भने सोनी पाख्रिन र खुसी डङ्गोलले समान तीनरतीन जोडे ।

बलिङतर्फ कोशी प्रदेशकी अपसरी बेगम र सबनम राइले समान दुईरदुई विकेट लिए भने सङ्गीता राईले एक विकेट लिइन् । यस जीतसँगै कोशी प्रदेशले प्रतियोगितामा लगातार दोस्रो जीत दर्ता गराएको छ।

हिजो भएको पहिलो खेलमा कोशीले कर्णाली प्रदेशलाई १० विकेटले हराएको थियो । यता वाग्मतीको भने यो पहिलो हार हो । हिजो भएको खेलमा वाग्मतीले मधेस प्रदेशलाई पराजित गरेको थियो ।