प्रधानमन्त्रीकप महिला क्रिकेट : बागमतीमाथि लुम्बिनीको जित

धनगढीमा आजबाट सुरु भएको प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेश विजयी भएको छ। शनिबार भएको दोस्रो खेलमा लुम्बिनीले बागमती प्रदेशमाथि ७ विकेटको सहज जित निकाल्यो।

पहिला ब्याटिङ गर्दै बागमतीले दिएको ७६ रनको सामान्य लक्ष्य लुम्बिनीले १२.५ ओभरमा ३ विकेट गुमाउँदै भेट्टायो । लुम्बिनीका लागि कप्तान सरस्वती जिएमले अविजित २९ रन बनाइन् भने नितु भण्डारीले १४ र सरस्वती पुन ९ बनाए। बागमतीका लागि अस्मिना कर्माचार्य, आरती बिडारी र खुशी डंगोलले समान १ विकेट लिए ।

यसअघि फाप्ला क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको बागमतीले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै ७५ रन बनायो। बगमतीका हेलिसा गुरूङले सर्वाधिक २८ रन बाइन् । अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।

बागमतीलाई सस्तैमा रोक्ने क्रममा लुम्बिनीका लागि मधु डिसीले ३, सुस्मिता भुषालले २ विकेट लिए।

Facebook Comments Box