लगातार तेस्रो जितसँगै प्रदेश १ समूह विजेता, बागमतीको सान्त्वना जित

SHARE TO:
Read Time:2 Minute

धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित निकाल्दै प्रदेश १ समूह एको विजेता बनेको छ। मंगलबार भएको खेलमा प्रदेश १ले लुम्बिनी प्रदेशमाथि ६७ रनको जित निकाल्यो।

पहिला ब्याटिङ गर्दै प्रदेश १ले दिएको ११५ रनको लक्ष्य पछ्याएको लुम्बिनी ९ ओभरमा अलआउट हुँदै ४७ रनमै अलआउट भयो । लुम्बिनीका लुम्बिनीको लागि कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। लुम्बिनीलाई सस्तैमा समेट्ने क्रममा प्रदेश १ की कप्तान रुविना क्षेत्रीले तीन तथा एलिशा खाडियाले दुई विकेट लिइन्।

प्रदेश १ ले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ३ विकेट क्षतिमा ११४ रन बनायो। प्रदेश नम्बर १ का लागि अप्सरी बेगमले सर्वाधिक ४४ रन बनाइन्। काजल श्रेष्ठले ४० रन बनाउँदा कप्तान रुविना क्षेत्रीले १५ रन थपिन्। लुम्बिनीका नेरी थापा, मधु डिसी र सरस्वती पुनले एक एक विकेट लिइन्।

यसैगरी बागमती प्रदेशले सान्त्वना जित निकालेको छ। समूह एको अन्तिम लिग खेलमा बागमतीले कर्णाली प्रदेशलाई ७९ रनले हराएयो। कर्णालीले जितविहीन भएर प्रतियोगिता टुङग्याएको छ।

प्रतियोगिताअन्तर्गत बुधबार समुह बीका दुई खेल हुनेछन्। पहिलो खेलमा सुदूरपश्चिम प्रदेश र विभागीय टीम एपिएफ क्लब खेल्नेछन्। बुधबारकै अर्को खेलमा गण्डकी प्रदेश र प्रदेश नम्बर २ खेल्नेछन्।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
कमेन्ट गर्नुहोस्ः
SHARE TO:
Previous post यू–१९ टिमले फर्काउला त शाख?
Next post खेलाडीलाई सम्मान गर्दै प्रधानमन्त्री देउवाले भने– नेपालमा फुटबलको क्रेज सबै क्षेत्रमा उस्तै छ
Close