प्रधानमन्त्री कप महिला क्रिकेट : समूह विजेता बन्दै एपिएफ सेमिफाइनलमा

विभागीय टिम एपिएफ धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। प्रतियोगितामा लगातार तेस्रो जित निकाल्दै एपिएफ समुह बीको विजेताका रुपमा सेमिफाइलन प्रवेश गरेको हो।

बिहीबार सम्पन्न खेलमा एपीएफले प्रतियोगिताबाट बाहिरिसकेको गण्डकी प्रदेशलाई १ सय १७ रनले पराजित गरेको ग¥यो। एपीएफले दिएको १ सय ५१ रनको लक्ष्य पछ्याउने क्रममा गण्डकीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ३३ रन बनाउन सक्यो।

उसका कप्तान शिला क्षेत्रीले सर्वाधिक ८ रन जोडिन्। अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। एपीएफका करुणा भण्डारी र सुष्मा श्रेष्ठले समान दुईरदुई विकेट हात पारे।

यसअघि पहिला ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ५० रन जोडेको थियो। उसका ममता चौधरीले सर्वाधिक ४३ रन बनाइन् भने यता, रोमा थापा र सरिता मगरले समान २६ रन तथा ज्योती पाण्डेले २४ रनको योगदान गरिन्।

गण्डकीका लागि मनिशा उपाध्याले १ विकेट हात पारिन्। सेमिफाइनलमा एपीएफले समूह ‘ए’ को उपविजेता लुम्बिनी प्रदेशसँग खल्ने छ।

Facebook Comments Box