प्रधानमन्त्री कप महिला क्रिकेट : प्रदेश २ हराउँदै सुदूरपश्चिम सेमिफाइनलमा

समूह चरणको अन्तिम खेलमा सहज जित निकाल्दै सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा स्थान पक्का गरेको छ।

बिहीबार सम्पन्न खेलमा प्रदेश २ लाई ८७ रनले पराजित गर्दै सुदूरपश्चिमले सेमिफाइनलमा स्थान बनाएको हो।सुदूरपश्चिमले दिएको १ सय ४४ रनको लक्ष्य पछ्याएको प्रदेश २ ले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ५६ रन मात्र जोड्न सक्यो।

प्रदेश २ की साना प्रविनले १४ रन जोडिन् भने बिमला मगरले १२ रन बनाइन्। अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्। सुदूरपश्चिमका लागि कविता जोशी र लक्ष्मी साउदले समान दुई–दुई विकेट हात पारे। ईश्वरी विष्टले एक विकेट लिइन्।

यसअघि फाप्ला क्रिकेट मैदानमा विन्दु रावलको अर्धशतकमा सुदूरपश्चिमले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ४३ रन बनाएको थियो। सुदूरपश्चिमका लागि विन्दु रावलले अविजित ५० रन जोडिन्। त्यस्तै, रुबि पोद्दारले २१, डल्ली भट्टले १५ तथा कविता जोशी र संगीता धामीले समान १३ रन बनाइन्। प्रदेश २ लागि विमला मगरले दुई विकेट लिइन्।

सुदूरपश्चिमले सेमिफाइनलमा समूह एको विजेता प्रदेश १ सँग खेल्नेछ।

Facebook Comments Box