प्रधानमन्त्रीकप महिला क्रिकेट : उद्घाटन खेलमा प्रदेश १ विरुद्ध कर्णाली ६ रनमै अलआउट

Read Time:1 मिनेट

आजबाट धनगढीको फाप्ला क्रिकेट मैदानमा सुरु भएको प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिाता प्रदेश १ले उत्कृष्ट सुरुआत गरेको छ। शनिबार उद्घाटन खेलमा प्रदेश १ले कर्णालीलाई ६ रनमै अलआउट गर्दै १६० रनको फराकिलो जित निकाल्यो ।

टस जितेर पहिले ब्याटिङ रोजेको प्रदेश १ ले २० ओभरमा २ विकेट गुमाएर १६६ रन बनाएको थियो । जसमा कप्तान रुवी क्षेत्रीले ७६ रन तथा अप्सरीले ६१ रन बनाइन् । कर्णालीका तर्फबाट दिव्या धामीले २ विकेट लिइन् ।

प्रदेश १ को १६७ रनको लक्ष्य पछ्याउँदै ब्याटिङका लागि उत्रेको कर्णाली टिमले ६ रनमै सबै विकेट गुमाएको हो । कर्णालीका लागि कप्तान आयुषा टण्डनले बनाएको ३ रन नै सर्वाधीक बन्यो । लक्ष्मी रिजाल र अंशु शाक्यले १र१ रन तथा बाँकी ७ खेलाडी शून्यमा आउट भए । प्रदेश १ का लागि अलिशा खडियाले ५ विकेट र संगिता राई तथा सवनम राईले समान २ विकेट लिए ।

प्रतियोगितामा ७ प्रदेश तथा एपिएफको विभागीय टिमसमेत सहभागी छ । प्रतियोगिता पुस ११ सम्म सञ्चालन हुनेछ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post अञ्जन चम्किँदा घरेलु मैदानमा पुलिसमाथि मनाङको रवाफ
Next post प्रधानमन्त्रीकप महिला क्रिकेट : बागमतीमाथि लुम्बिनीको जित
Close