
पपुवा न्युगिनीसँग खेल्दै नेपाल
आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत युएईमा भइरहेको त्रिकोणात्मक श्रृंखलाको अन्तिम खेलमा नेपालले आज पपुवा न्युगिनीसँग खेल्दैछ । तीन राष्ट्र सम्मिलित श्रृंखलामा यो अन्तिम खेल हो । खेल दुबई क्रिकेट रंगशालामा नेपाली समय अनुसार बिहान ११ः१५ बजे सुरु हुनेछ।
यसै सिरिजको पहिलो खेलमा नेपालले पीएनजीलाई २ विकेटले पराजित गरेको थियो । त्यसपछि नेपालले यूएईसँग लगातार दुई खेलमा हार बेहोर्यो । पीएनजीले भने यूएईलाई हराएर लिग–२ मा १४ खेलको हारको श्रृंखला तोड्दै पहिलो जित हात पारेको छ।
सिरिजमा नेपालको ब्याटिङ चिन्ताको विषय बनेको छ । पछिल्ला दुई खेलमा नेपाल यूएईविरुद्ध १२० र १०३ रनमा अलआउट भएको थियो । नेपालले पूरा ५० ओभर ब्याटिङ गर्न संघर्ष गरिरहेको छ।
पीएनजीविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रियमा खेलेका तीन खेलमा अपराजित रहनु नै नेपालको लागि फाइदाको विषय छ । पीएनजीले आफ्नो प्रदर्शन सुधार गर्दा नेपाल भने ब्याटिङमा लगातार असफल भइरहेको छ।
नेपालले पहिलो खेलमा पीएनजीलाई हराएको थियो भने त्यसपछि यूएईसँग ४८ रन र ९९ रनले पराजित भएको थियो । उता पीएनजी भने पहिलो खेलमा यूएईविरुद्ध ७ विकेटले तेस्रो खेलमा पीएनजीले यूएईलाई ६ विकेटले पराजित गरेको थियो ।
७ टिम सहभागी लिग टुमा नेपाल ११ खेल खेल्दा ५ जितसहित १० अंक जोडेर छैटौं स्थानमा छ । १४ खेलबाट २ अंक जोडेको पीएनजी अन्तिम स्थानमा छ।