वर्षा प्रभावित खेलमा पोखरा विजयी, काठमाडौंको प्लेअफ यात्रा कठीन

वर्षाले प्रभावित बनेको खेलमा पोखरा राइनोज विजयी भएको छ । चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत सोमबार भएको वर्षाले प्रभावित खेलमा पोखरा राइनोजले काठमाडौं किंग्स इलावेनमाथि १४ रनको जित निकाल्यो ।

१८३ रनको लक्ष्य पछ्याइरहेको पोखराले १५ ओभरमा ५ विकेटको क्षतिमा १४२ रन बनाइएको अवस्थामा वर्षाले खेल रोकिएपछि डिएल मेथर्डका आधारमा पोखरा १४ रनले विजयी भयो।

जितसँगै पोखरा अंक तालिकाको दोसो स्थानमा उक्लिएको छ। ५ खेलमा ३ जित, १ हार र १ बराबरी खेलेको पोखराका ७ अंक छ । यता, काठमाडौं किंग्स भने पोखरासँगको हारले दबाबमा परेको छ। ४ खेलमा १ मात्र जित हात पारेको काठमाडौं २ अंकका सात पाँचौं स्थानमा छ । प्लेअफमा पुग्न उसलाई अन्तिम खेलमा अंक जोड्नु पर्ने बाध्यता छ।

अन्तिम खेलमा काठमाडौं भैरहवासँग पराजित भए काठमाडौं प्रतियोगिताबाट बाहिरिने छ भने भैहरवा दोस्रो हुँदा ललितपुर प्याट्रिओट्सको भाग्य खुल्ने छ।

पोखराका लािग सहन अरच्सिगेले २३ बलमा ४३ रन बनाउँदा विवके यादवले २८ बलमा ४१ र लोकेश बमले ८ बलमा १८ रनको महत्वपूर्ण इनिङ खेले। काठमाडौंका जितेन्द्र मुखिया र गुल्सन झाले समान २ विकेट लिँदा सन्दीप लामिछानेले १ विकेट लिए।

यसअघि पहिला ब्याटिङ गरेको काठमाडौंले अमित श्रेष्ठ र रायन बुर्लले अर्धशतकी योगदान दिइपछि निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १८२ रन बनायो । अमितले ४१ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै ५६ रन बनाए भने बुर्लले ४३ बलमा २ चौका र ३ छक्का प्रहार गर्दै ५० रन बनाए।

यी दुईले तेस्रो विकेटका लागि १०६ रनको शतकीय साझेदारी गरेका थिए । उस्तै कप्तान सन्दीपले ११ बलमा ३ छक्का प्रहार गर्दै २ चौका र ३ छक्का प्रहार गर्दै ३१ रन बनाए।

पोखराका विवेक यादवले १ ओभरमा ७ रन खर्चेर ३ विकेट लिए भने नन्दन यादव, विक्रम सोब र किशोर महतोले समान १ विकेट लिए।

Facebook Comments Box