नेपाल टि–२० लिग : आसिफ ब्याटिङमा चम्किँदा पोखराको दोस्रो जित, लुम्बिनीको पहिलो हार

Read Time:2 Minute

ओपनर आसिफ सेखले उत्कृष्ट ब्याटिङ गरेपछि नेपाल टि–२० लिगमा पोखरा एभेन्जर्सले लागातार दोस्रो जित निकालेको छ। शनिबार कीर्तिपुरस्थित टियू मैदानमा भएको खेलमा पोखराले लुम्बिनी अल स्टारमाथि ९ विकेटको जित निकाल्यो ।

पोखराको यो लागतार दोस्रो जित हो । यसअघि लगातार ५ खेलको हारेको पोखराले शुक्रबार फार वेस्ट युनाइटेडलाई हराएको थियो। लुम्बिनीको यो छैठौं खेलमा पहिलो हार हो । यसअघि उसले प्रतियोगितामा लागतार पाँच जित निकालेको छ।

पहिला ब्याटिङ गर्दै लुम्बिनीले दिएको १२८ रनको लक्ष्य पोखराले १० बल बाँकी छँदा ९ विकेट गुमाउँदै भेट्टायो । उसको जितमा आसिफ सेखले उत्कृष्ट ब्याटिङ गरे। उनले ६२ बलमा ९ चौका प्रहार गर्दै ७७ रन बनाए ।

यस्तै, आरिफ सेखले ३७ बलमा २६ रन बनाए। लुम्बिनीका किशोर महतोले १ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको लुम्बिनीले १ बल बाँकी छँदा अलआउट हुँदै १२७ रन मात्र बनाउन सक्यो । उसका लागि हारमित सिंहले सर्वाधिक ३८ रन बनाउँदा साड्ली भान सल्कविकले १६ र सुनिल धमलाले १५ रन बनाए।

लुम्बिनीलाई सस्तैमा समेट्ने क्रममा पोखराका विपिन खत्री र जाहिर खानले समान ३ विकेट लिए। विपिनले ४ ओभरमा २३ तथा जाहिर ४ ओभरमा १८ रन खर्चिए ।

यो जितसँगै पोखरा पाँचौं स्थानमा उक्लिउको छ। उसलेका ७ खेलमा ४ अंक छ। यता, १० अंकसहित लुम्बिनी शीर्ष स्थानमै छ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
100 %
Previous post बेन्जिमा चम्किँदा रियलको जित
Next post फुबटलका जादुगर पेलेका केही राेचक घटना
Close