भैरहवालाई हराउँदै पोखरा इपिएलको फाइनलमा, उपाधिका लागि चितवनसँग खेल्ने

पोखरा राइनोज चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (इपिएल)को फाइनलमा प्रवेश गरेको छ। बिहीबार कीर्तिपुरस्थित टियू मैदानमा भएको दोस्रो क्वालिफायरमा भैरहवा ग्लाडियटर्समाथि ७ विकेटको जित निकाल्दै पोखरा फाइनल पुगेको हो।

पहिला ब्याटिङ गर्दै भैरहवाले दिएको १२० रनको सामान्य लक्ष्य पोखराले १८.२ ओभरमा ३ विकेट गुमाउँदे भेट्टायो । पोखराको जितमा श्रीलंकन खेलाडी सहन अर्चिगेले अलराउन्ड प्रदर्शन गरे।

उनले ४४ बलमा ७ चौका प्रहार गर्दै ५३ रन बनए । यस्तै, विपिन रावलले ३४ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै ४० रन बनाउँदा रिचर्ड लेभीले १४ रन बनाए। भैरहवाका भुवत कार्कीले २ विकेट लिए।

यसअघि पहला ब्याटिङ गरेको भैरहवाले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै ११९ रन मात्र बनाउन सक्यो । उसका लागि कप्तान शरद भेषावकरले ३२, आसिफ सेखले २७ र रोहित कुमार पौडेलले १८ रन बनाए।

भैरहवाको इनिङ ध्वस्त बनाउने क्रममा अर्चिगेले ४ ओभरमा१५ रन खर्चेर २ विकेट लिए भने किशोर महतोले पनि २ विकेट लिए।

अब पोखराले उपाधिका लागि चितवन टाइगर्ससँग खेल्ने छ। चिवतन पोखरालाई नै हराउँदै फाइनल पुगेको हो। फाइनल शनिबार कीर्तिपुरस्थित टियू मैदानमा हुनेछ।

Facebook Comments Box