पोखरा प्रिमियर लिगको दोस्रो संस्करण कात्तिक २६ गतेबाट

पोखरा प्रिमियर लिग (पिपिएल)को दोस्रो संस्करण कात्तिक चौथो साताबाट सुरु हुने भएको छ । आयोजक क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिले सोमबार एक विज्ञप्ति जारी गर्दै पिपिएल कात्तिक २६ गतेबाट मंसिर ७ गतेसम्म हुने जनाएको छ ।

पोखरा रंगशालामा हुने सार्वाधिक पुरास्कार राशीको पिपिएल दोस्रो संस्करणमा पनि ५ टिम सहभागी हुने छन् । जसमा डिफेन्डिङ च्याम्पियन पोखरा पल्टन, चितवन राइनोज, विराटनगर टाइटन्स, बुटबल ब्लास्टर्स, काठमाडौं रोयल्स र एक्स्पर्ट धनगढी ब्लुज छन् ।

प्रतियोगिताको विजेताले २७ लाख र उपविजेताले १० लाख रुपैयाँ पाउने छन् । पहिलो संस्करणको उपाधि शरद भेषावकरको कप्तानीमा रहेको पोखरा पल्टनले जितको थियो । उसले फाइलनमा पारस खड्काको कप्तानीमा रहेको चितवन राइनोजलाई पराजित गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP