पोखराले सार्वजनिक गर्‍यो नयाँ लोगो र जर्सी

आसन्न एभरेष्ट प्रिमियर लिग (इपिएल)मा पोखरा राइनोजले नयाँ लोगो र जर्सी प्रयोग गर्न भनेको छ । चौथो संस्करणको इपिएलका लागि पोखराले बुधबार नयाँ लोगो र जर्सी सर्वाजनिक गरेको छ ।

पोखराले आफ्नो नयाँ लोगोमा जर्सीमा सुन्तला रंग थपेको छ राइनोको नयाँ लोगोमा गैंडाको टाउको देखाइएको छ भने माछापुच्छ्रे हिमालमुनि ब्याट्सम्यानले बल प्रहार गरेको प्रतीक राखिएको छ । यस्तै उसको नयाँ जर्सीमा माछापुच्छ्रे हिमाल राखिएको छ ।

जर्सीको प्रायोजन सेभेन–ए ब्राण्ड वाई एमएस धोनीले गरेको छ । इपिएलमा पोखरा राइनोजलाई सौर्य सिमेण्ट, जगदम्बा सुपर साइनले प्रायोजन गरेका छन् ।

असोज ९ देखि २३ गतेसम्म काठमाडौंस्थित त्रिवि क्रिकेट मैदानमा चल्न्े प्रतियोगितामा पोखरा राइनोजले भैरहवा ग्लाडियटर्ससँग खेल्दै प्रतियोगिताको सुरुआत गर्ने छ।

Facebook Comments Box