पोखराले भित्र्यायो दक्षिण अफ्रिकाका लेभी र वेस्टइन्डिजका विलियम्स

आसन्न चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (इपिएल)का लागि पोखरा राइनोजले २ अन्तर्राष्ट्रिड खेलाडी अनुबन्धन गरेको छ । पोखराले इपिइलका दक्षिण अफ्रिकाका पूर्वब्याट्सम्यन रिचार्ड वेली र वेस्टइन्डिजका बलर केस्रिक विलियम्सलाई अनुबन्धन गरेको हो।

पोखराले दुवै खेलाडीले शुक्रबार सामाजिक सञ्जालमार्फत अनुबन्धन गरेको जनाएको छ।

दक्षिण अफ्रिकाका पूर्व ओपनर लेभीले अघिल्लो सिजन पनि पोखराबाटै इपिएल खेलेका थिए। उनले ४ खेलमा २ अर्धशतकसहित ४०२ रन बनाएका थिए।

दक्षिण अफ्रिकाका लागि १३ टि–२० अन्तर्राष्ट्रिय खेलिसकेका ३० वर्षीय लेभी ओपनिङ ब्याट्सम्यान हुन् । उनले १ शतक र १ अर्धशतक बनाएका लेभीले १३ खेल खेल्दै २ सय ३६ रन बनाएका छन् । उनले मुम्बई इन्डियन्सबाट आईपिएल खेल्नुका साथै समरसेटबाट इंग्ल्यान्डको काउन्टी क्रिकेट पनि खेलेका छन् ।

यस्तै, विलियम्सले सन् २०१६ मा वेस्टइन्डिजको राष्ट्रिय टिममा डेब्यू गरेका थिए । २५ टि–२० र ८ एकदिवसीय खेल खेलेका छन् । विलियम्सले बंगालदेश प्रियमर लिग, क्यारेबियन प्रिमियर लिग, टि–१० लिग खेलिसकेका छन् । अघिल्लो सिजन पनि उनी पोखरामा आबद्ध थिए, तर कोरोनाले लिग नै हुन सकेको थिएन्।

चौथो संस्करणको ईपीएल क्रिकेट असोज ९ गतेदेखि असोज २३ गतेसम्म टियु क्रिकेट मैदानमा हुनेछ। प्रतियोगितामा पोखरा राइनोजले भैरहवा ग्लाडियटर्ससँग खेल्दै प्रतियोगिताको सुरुआत गर्ने छ।

Facebook Comments Box