पोखराले भित्र्यायो दुई श्रीलकंन खेलाडी

आसन्न चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल)का पोखरा राइनोजले लागि दुई श्रीलंकन खेलाडी भित्र्याएको छ। उसले अलराउण्डर बसेला गुनारत्ने र साहान अराससिंगेलाई अनुबन्धन गरेको हो।

सन् २०१६ मा श्रीलंकन टिममा डेब्यू गरेका ३५ वर्षीय अलराउण्डर गुनारत्नेले श्रीलंकाका लागि ६ टेष्ट, ३१ एकदिवसीय अन्तर्राष्ट्रिय र १२ टि–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।

अर्का २५ वर्षीय अराससिगे पनि अलराउण्डर हुन् । राष्ट्रिय टिमबाट नखेले पनि उनले ३४ टि–२० म्याच खेलेका छन् । जसमा उनले १२७.२२ को स्ट्राइक रेटमा ४५८ रन बनाएका छन् ।

यसअघि पोखराले दक्षिण अफ्रिकाका रिचर्ड लेभी र वेस्टइन्डिटका केस्रिक विलियम्सलाई अनुबन्धन गरेको छ । इपिएलमा प्रत्येक टिमले प्लेइङ सेटमा ४ खेलाडी अनिवार्य खेलाउनु पर्ने नियम छ ।

चौथो संस्करणको इपिएल असोज ९ गतेदेखि असोज २३ गतेसम्म टियु क्रिकेट मैदानमा हुनेछ। प्रतियोगितामा पोखरा राइनोजले भैरहवा ग्लाडियटर्ससँग खेल्दै प्रतियोगिताको सुरुआत गर्ने छ।

श्रीलंकन दुई अलराउण्डरसहित नेपालकै विवेक यादव पोखराको अलराउण्डरको रुपमा छन् ।

पोखराले यसअघि नै दक्षिण अफ्रिकाका ब्याट्सम्यान रिचर्ड लेभी र वेष्ट इन्डिजका बलर केसरिक विलियम्सलाई अनुबन्ध गरिसकेको छ ।

Facebook Comments Box