नेपाल टि–२० लिग : पाँच खेलपछि पोखराले निकाल्यो पहिलो जित

Read Time:4 Minute

नेपाल टि–२० लिगमा पोखरा एभेन्जर्सले पहिलो जित निकालेको छ। राम्रो टिम भएर पनि कमजोर प्रदर्शन गरेको पोखराले ५ खेलपछि पहिलो जित निकाल्ने क्रममा शुक्रबार फार वेस्ट युनाइटेडलाई ३ विकेटले हरायो।

पहिला ब्याटिङ गर्दैै फार वेस्टले दिएको १८८ रनको लक्ष्य पोखराले १९.१ ओभरमा ७ विकेट गुमाउँदै भेट्टायो । जारी प्रतियोगितामा सर्वाधिक रन चेज भएको खेल हो ।

पोखरालाई प्रतियोगितामा पहिलो जित दिलाउने क्रममा कुशल मल्ल र आसिफ सेखले उत्कृष्ट ब्याटिङ गरे। आसिफले ३३ बलमा समान २ चौका र छक्का प्रहार गर्दै सर्वाधिक ४३ रन बनाए भने कुशलले २२ बलमा ५ छक्का प्रहार गर्दै ४० रन बनाए।

यस्तै, सुमित महर्जनले २२ बलमा ३८ रन बनाउँदा सिद्धान्त लोहनीले १० बलमा महत्वपूर्ण २३ रन बनाए। फार वेस्टका करण केसी, उमाइर अली र प्रकाश जैसीले समान २ विकेट लिए ।

त्यसअघि पहिला ब्याटिङ गरेको फार वेस्टले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १८७ रन बनायो। उसका लागि उमाइर अलीले २६ बलमा ५ छक्का प्रहार गर्दै सर्वाधिक ४२ रन बनाए।

यस्तै, देव खनालले ३३ रन बनाउँदा अन्त्यतिर रसिद खानले १५ बलमा ३२ रन बनाए। पोखराका जाहिर खानले ३ तथा अमीर हाम्जाले २ विकेट लिए।

यो जितसँगै पोखरा फार वेस्टलाई रनरेटमा पछि पार्दै पाँचौं स्थानमा उक्लिएको छ। दुवै समान २ अंक जोडेका छन्। लिगमा अपराजित लुम्बिनी अल स्टार १० अंकसहित शीर्ष स्थानमा छ।

प्रतियोगिता अन्तर्गत शनिबार दुई खेल हुने छन्। पहिलो खेलमा लुम्बिनी अल स्टार र पोखरा एभेन्जर्स भिड्ने छन् भने दोस्रो खेलमा विराटनगर सुपर किंग्स र जनकपुर रोयल्स भिड्ने छन्।

मा

नेपाल टी(२० लिगमा पोखरा एभेन्जर्सले पहिलो जित हात पारेको छ। यसअघि लगातार पाँच खेलमा पराजित पोखराले आफ्नो छैठौं खेलमा फार वेस्ट युनाइटेडलाई ३ विकेटले हरायो। 

फार वेस्टले दिएको १८८ रनको लक्ष्य पोखराले ७ विकेटको क्षतिमा ५ बल खेल्न बाँकी छदा पार गर्‍यो।

पोखराका लागि आसिफ शेखले ३३ बलमा ४५ रन, सुमित महर्जनले २२ बलमा ३८ रन र कुशल मल्लले २२ बलमा ४० रन जोडेका थिए।

सिद्धान्त लोहनीले १० बलमा २३ रन जोड्दा पोखरालाई सहज भएको थियो। 
भ्कभधब
लष्अ

बलिङमा फार वेस्टका करण केसी, उमर अली र प्रकाश जैशीले २(२ विकेट लिए। 

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको फार वेस्टले ९ विकेटको क्षतिमा १८७ रन जोड्यो। उसका लागि उमर अलीले ४२ रन, देव खनालले ३३ रन, रासिद खानले १५ बलमा ३२ रन जोडेका थिए। 

बलिङमा पोखराका जाहिर खानले ३ विकेट लिए। 

लिगमा पोखरा ६ खेलबाट २ अंक जोड्दै पाँचौ स्थानमा छ। पुछाररछैठौं स्थानको फार वेस्टको ५ खेलबाट २ अंक छ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post ब्राजिलका युवा स्टार एन्ड्रिक भन्छन्– रोनाल्डोकै कारण रियल मड्रिड रोजेँ
Next post आहा रारा पोखरा गोल्डकप : अञ्जन र अनन्त चम्किँदा चर्च बोइजले दाबेदार पुलिसलाई हरायाे
Close