बागमतीलाई हराउँदै पुलिस फाइनलमा

Read Time:1 मिनेट

बागमती प्रदेशलाई हराउँदै नेपाल पुलिस क्लब प्रधानमन्त्री कप टि–२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। टियू मैदानमा भएको पहिलो सेमिफाइनलमा बागमतीलाई ५० रनले हराउँदै फाइनलमा प्रवेश गरेको छ।

जितका लागि १५६ रनको लक्ष्य पाएको बागमती निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १०५ रनमा समेटियो। उसका लािग आदिल खानले सर्वाधिक २७ रनको योगदान गरे। ३३ बल खेलेका उनले उनले तीन चौका प्रहार गरेका थिए। कप्तान ज्ञानेन्द्र मल्लले १६ बलमा २३ रन जोड्दा चार चौका हाने भने रामनरेश गिरी २२ रनमा अविजित रहे।

बागमतीलाई सस्तैमा समेट्ने क्रममा दीपेन्द्रसिंह ऐरीले घातक बलिङ गरे। उनले ४ ओभरमा १० रन मात्र खर्चेर ५ विकेट लिए। यस्तै सागर ढकालले दुई तथा आरिफ शेखले एक विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ गरेको पुलिसले पाँच विकेट गुमाएर १५५ रन जोडेको थियो। पुलिसका लागि ओपनर पवन सर्राफले अर्धशतकीय पारी खेले। उनले ५४ बलमा तीन चौका र तीन छक्काको मद्दतमा ५९ रनको योगदान दिए। दिलीप नाथले ३१ तथा अनिल साहले २५ रन बनाए।

बलिङतर्फ बागमतीका नन्दन यादव र रिजन ढकालले दुई–दुई र प्रतिस जिसीले एक विकेट लिए।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post फिफाले दियो रोनाल्डोलाई स्पेसल अवार्ड
Next post रेकर्डै रेकर्ड बनेको खेलमा आर्मीलाई हराउँदै एपिएफ फाइनलमा
Close