पुलिस र प्रदेश १ बीचको स्थागित खेल सोमबार हुने
Read Time:1 Minute
नेपाल पुलिस क्लब र प्रदेश १ बीचको खेल सोमबार हुने भएको छ। प्रधानमन्त्री कप अन्तर्गतका शनिबारका लागि तय भएको पुलिस र प्रदेश एक बीचको खेल प्रदेश १ का खेलाडीका कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि स्थगित भएको थियो।
प्रदेश १ को म्यानेजमेन्टले खेलाडीहरूको कोरोना परीक्षण गर्न माग गरेपछि नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार खेल स्थगित गरेको थियो । प्रदेश १ का खेलाडीहरुको कोरोना परीक्षण गर्दा एक खेलाडीमा मात्र पोजेटिभ आएको र स्थगित खेल सोमबार हुने क्यानले जनाएको छ ।
आइतबारै प्रदेश १ र सुदूरपश्चिम बीचको खेल भने पूर्वनिर्धारित तालिका अनुसार नै भइरहेको छ । समूह ए बाट पुलिस समूह विजेता बन्दै सेमिफाइनल पुगिसकेको छ भने प्रदेश १ प्रतियोगिताबाट बाहिरिसकेको छ।