क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा सोमबार रमाइलो दृश्य देखियो। सेन्ट किट्स एन्ड नेभिस पेट्रियट्स र ट्रिनबागो नाइट राइडर्सबीच भएको खेलमा अम्पायरले रातो कार्ड देखाएका छन् र सुनिल नारिन मैदानबाट बाहिरिनु परेको छ।
सीपीएलमा रातो कार्ड पहिलो पटक प्रयोग भएको हो। २०औँ ओभरको खेल सुरु हुनुअघि ट्रिनबागो नाइट राइडर्सले स्लो ओभर बलिङ गरेको देखिएपछि अम्पायरले कप्तान कायरन पोलार्डलाई रातो कार्ड देखाएका थिए। त्यसपछि पोलार्डले फिल्डिङ गरिरहेका एक खेलाडीलाई बाहिर निकाल्नु पर्ने अवस्था बन्यो ।
त्यसपछि पोलार्डले नारिनलाई निकालेका थिए। नारीनले चार ओभरमा २४ रन खर्चिएर ३ विकेट हात पारेका थिए।
१७९ रनको लक्ष्य पाएको ट्रिनबागोले १७ बल बाँकी रहँदै ४ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो। सीपीएलमा यसै सिजनदेखि रातो कार्डलाई प्रयोगमा ल्याइएको हो।