पोलार्डको ‘ब्लकबास्टर’ इनिङ, रोमाञ्चक खेलमा चेन्नईमाथि मुम्बईको जित

इन्डियन प्रियिमर लिग (आईपिइल)मा अलराउन्ड केइरन पोलार्डले क्लबबास्टर इनिङ खेलेका छन् । शनिबार राति दिल्लीमा भएको खेलमा पोलार्डले बल र ब्याट दुवैबाट उत्कृष्ट प्रदर्शन गरेपछि मुम्बई इन्डियन्सले चेन्नई सुपर किंग्समाथि ४ विकेटको जित निकाल्यो ।

२१९ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पोलार्डले ‘ब्लकबास्टर’ इनिङ खेले। चेन्नईले दिएको २१९ रनको लक्ष्य मुम्र्बले अन्तिम बलमा ६ विकेट गुमाउँदै भेट्टायो । यो आईपिएलको दोस्रो ठूलो रनचेज हो।

मुम्बईको जितमा पोलार्डले विस्फोटक इनिङ खेले । उनले ३४ बलमा ६ चौका र ८ छक्का प्रहार गर्दै ८७ रनमा नटआउट रहे। उनले १७ बलमा अर्धशतक पुरा गरेका थिए।

पोलार्डले क्रुनाल पाण्ड्यासँग ८९ रनको साझेदारी गरेका थिए । क्रुनालले २३ बलमा ३२ रन बनाए । यस्तै, क्वेन्टन डि कक ३८ र कप्तान रोहित शर्माले ३५ रनको योगदान दिए । यीदुई पहिलो विकेटका लागि ७१ रनको साझेदारी गरेका थिए। चेन्नईका साम कुरानले ३ विकेट लिए ।

यसअघि पहिला ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ४ विकेटको क्षतिमा २१८ रन बनाएको थियो। उसका लागि अम्बाती रायाडुले विस्फोटक इनिङ खेले । उनले २७ बलमा ७ चौका र २ छक्का प्रहार गर्दै ७२ रन बनाए । उनले रविन्द्र जडेजासँग पाँचौं विकेटका लागि ५६ बलमा १०२ रनको साझेदारी गरेका थिए ।

यस्तै, चेन्नईका लागि फाफ डु प्लेसिस र मोइन अलीले पनि अर्धशतकीय इनिङ खेले । अलीले ३६ बलमा ५८ रन बनाउँदा डु प्लेसिसले ३४ बलमा ५० रन बनाए। यी दुईले दोस्रो विकेटका लागि १०८ रनको साझेदारी गरेका थिए। रविन्द्र जडेजा २२ रनमा अविजित रहे ।

मुम्बईका केइरन पोलार्डले २ ओभरमा १२ रन मात्र खर्चेर २ विकेट लिए । ट्रेन्ट बोल्ट र जस्प्रित बुम्राहले समान एक विकेट लिए ।

जितसँगै मुम्बई ७ खेलमा ८ अंक जोड्दै चौथो स्थानमा छ। ७ खेलमा १० अंक जोडेको चेन्नई शीर्ष स्थानमा यथावत छ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.