शतक बनाउँदै धवनले बनाए कीर्तिमान, तर दिल्ली पञ्जाबसँग पराजित

इन्डियन प्रियिमर लिग (आईपिएल)मा दिल्ली क्यापिटल्सका ओभनर शिखर धवनले नयाँ कीर्तिमान बनाएका छन् । गए राति भएको खेलमा किंग्स इलावेन पञ्जाबविरुद्ध शतक बनाउँदै धवनले आईपिएलमा लागतार दुई खेलमा शतक बनाउने कीर्तिमान आफ्नो नाममा लेखाएका हुन्। धवनले अघिल्लो खेलम चेन्नई सुपर किंग्सविरुद्ध पनि शतक बनाएका थिए ।

धवनले शानदार ब्याटिङ गर्दै शतक बनाएपछि दिल्ली भने पञ्जाबसँग ५ विकेटले पराजित भएको छ । शीर्ष स्थाना रहेको दिल्लीको तेस्रो हार हो ।

पहिला ब्याटिङ गर्दै दिल्लीले दिएको १६५ रनको लक्ष्य पञ्जाबले एक ओभर बाँकी छँदै ५ विकेट गुमाएर भेट्टायो । उसका लागि निकोलस पुरानले सर्वाधिक ५३ रन बनाए । उनले २८ बल खेल्दै ६ चौका र ३ छक्का प्रहार गरे ।

यस्तै, ग्लेन म्याक्सवेलले २४ बलमा ३२, क्रिस गेलले १३ बलमा २९ रन बनाए । दिल्लीका कागिसो रबाडाले २ तथा अक्षर पटेल र रविचन्द्रन आविश्वनले समान १ विकेट लिए । दिल्लीका तुसार देसपाण्डे निकै महँगो सावित भए । उनmले २ ओभरमा ४१ रन खर्चिए ।

पहिला ब्याटिङ गरेको दिल्लीका लागि धवनले शानदार शतक बनाए पनि अन्यले गतिलो साथ नदिँदा दिल्ली निर्धारित ओभरमा ५ विकेटको क्षतिमा १६४ रन मात्र बनाउन सक्यो । नटआउट रहेका धवनले ६१ बलमा १२ चौका र ३ छक्का प्रहार गर्दै १०६ रन बनाए । यस्तै, ऋषव पन्तले २० बलमा १४ र कप्तान श्रेयस ऐयरले १२ बलमा १४ रन बनाए ।

पञ्जाबमा मोहम्मद सामीले २ विकेट लिए । हारका बाबजुद पनि धवन प्लेयर अफ दी म्याच चुनिए ।

आईपीएलको जारी १३ औं संस्करणमा चौथो जित निकलोको पञ्जाब पाँचौं स्थानमा उलिक्एको छ । दिल्ली भने १४ अंकका साथ शीर्ष स्थानमा छ । १२ अंक जोडेको मुम्बई इन्डियन्स दोस्रो स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP