पोखरा प्रिमियर लिग : विराटनगरको लगातार दोस्रो हार, धनगढीसँग ७८ रनले पराजित

पोखरामा भइरहेको पहिलो संस्करणको पोखरा प्रिमियर लिग (पिपिएल)मा सन्दीप लामिछाने मार्गी खेलाडी रहेको विराटनगर टाइटन्सले लागतार दोस्रो हार बेहोरोको छ ।

पिपिएल अन्तर्गत आइतबार पहिलो खेलमा विराटनगर एक्सपर्ट धनगढीसँग ७८ रनेको फराकिलो अन्तरले पराजित भएको हो । यो हारसँगै विराटनगर अंकबिहीन हुँदै तालिकाको पुछारमा छ । विराटनगर प्रतियोगिताको उद्घाटन खेलमा पोखरा पल्टनसँग ५८ रनले पराजित भएको थियो ।

यस्तै प्रतियोगितमा धनगढीको यो पहिलो जित हो । यसअघि शनिबार भएको खेलमा धनगढी हुलास काठमाडौं रोयल्ससँग १७ रनले पराजित भएको थियो ।

पोखरा रंगशालामा भएको खेलमा १ सय ८३ रनको लक्ष्य पछ्याएको विराटनगर १६.४ ओभरमा अलआउट हुँदै १ सय ४ रनमा मात्र बनाउन सक्यो र ७८ रनको फराकिलो पराजय भोग्न बाध्य भयो ।

विराटनगरलाई सस्तैमा समेट्ने क्रममा डान लउरेन्सले ३ तथा कप्तान दीपेन्द्रसिंह ऐरीले २ विकेट लिए । लउरेन्सले ४ ओभर बलिङ गर्दै १७ रन खर्चे ३ विकेट लिएका थिए भने दीपेन्द्रले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । यस्तै पिटर टेर्गोे, कमलसिंह ऐरी, रोबिन क्षेत्रीले १–१ विकेट लिए ।

खराब ब्याटिङ गरेको विराटनगरले दोस्रो ओभरमो तेस्रो बलमै ओपनर प्रदीप ऐरीलाई व्यक्तिगत ४ रनमा गुमाएको थियो । विराटनगरका लागि विकेटकिपर ब्याट्सम्यान सुलिन धमलाले सर्वाधिक २१ रन बनाए भने महोमद जइन आलमले १९ तथा एन्ड्रयू सुबिकसनले १८ रनको योगदान दिए । यस्तै कप्तान सन्दीप लामिछानेले १० रन बनाए भने अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकको स्कोर गर्न सकेनन् ।

यसअघि पहिलो ब्याटिङ गरेको धनगढीले पिटर टेर्गोको अर्धशतक र सौरभ खनालेका आक्रामक ४१ रनको मद्दतमा निर्धारित २० ओभरमा अलआउट हुँदै १ सय ८२ रन बनायो । टर्गोले ३८ बलमा २ चौका र ४ छक्काको मद्दतमा ५२ रन बनाए ।
नवौं नम्बरमा ब्याटिङका लागि आएका सौरभले आक्रामक इनिङ खेल्दै धनगढीको इनिङ उकासेका थिए । उनले १३ खेल्दै २ चौका र ५ छक्का प्रहार गरेका थिए ।

धनगढीको सुरुवात भने राम्रो हुन सकेन् । उसले १३ रन बनाउँदा आफ्ना दुवै आपनरलाई गुमाएको थियो । डान लउरेन्स केशव महतोको बलमा ४ रनमा जितेन्द्र मुखियाबाट क्याच आउट भएका थिए भने अर्का ओपनर सन्दीप सुनार ९ रनमा सुनिल धमलाको बलमा शाहब आलमद्वारा क्याच आउट भएका थिए ।

त्यसलगत्तै दिलिप नाथ पनि व्यक्ति ८ रनमा जितेन्द्र मुखियाको बलमा बोल्ड भएपछि ३८/३ को अवस्थामा पुगेको धनगढी दबाबमा परेको थियो । त्यसपछि चौथो विकेटका लागि टेर्गोले कप्तान दीपेन्द्रसिंह ऐरीसँग ६० रनको साझेदारी गर्दै धनगढीको पारी सम्हालेका थिए । दीपेन्द्रले १९ बलमा २९ रन बनाए ।

यस्तै सन्दीप जोराले १२ रन बनाए भने मन्जित श्रेष्ठले १० रनको योगदान दिए । विराटनगरका जितेन्द्र मुखियाले सर्वाधिक ४ विकेट लिए भने केशव महतो, सुनिल धमला, सन्दीप लामिछाने, महोमद जइन आलमले १–१ विकेट लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP