क्रिकेटरमाथिको कारबाहीप्रति प्रचण्डको चासो, प्रधानमन्त्री देउवाको ध्यानाकर्षण

Read Time:2 Minute

नेपाल क्रिकेट संघ (क्यान)ले कप्तान ज्ञानेन्द्र मल्लसहित ४ क्रिकेटरमाथि बुधबार गरेको कारबाहीप्रति नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चासो देखाएका छन्। सो विषयमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन्।

शुक्रबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका अध्यक्ष प्रचण्डले क्रिकेट खेलाडीमाथि क्यानले गरेको कारबाहीबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए।

क्यानको बुधबार बसेको बैठकले कप्तान ज्ञानेन्द्र मल्ललाई जिम्मेवारीबाट हटाएर सन्दीप लामिछानेलाई नयाँ जिम्मेवारी दिएको थियो। त्यस्तै मल्लसहित दिपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीलाई २०२२ को सुरुआती ६ महिना चारै खेलाडीलाई केन्द्रीय सम्झौतामा नराख्ने निर्णय गरेको थियो।

पछिल्लो पटक क्यानको नयाँ वर्गिकरण हुँदा श्रेणी निर्धारणमा गडबड गरेको भन्दै कप्तान मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल र बलर कमलसिंह ऐरीसमेत चार खेलाडीले आफ्नो असन्तुष्टि सञ्चार माध्यममा सार्वजनिक गरेको विषयमा क्यानले उनीहरुमाथि ‘अनुशासन’को कारबाही गरेको थियो।

क्यानको सो निर्णयको अहिलेक व्यापक विरोध भइरहेको छ। खेलाडीलाई कारबाही गर्ने निर्णयको विरोध क्यानभित्रै पनि भइरहेको छ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post ए डिभिजन लिगको पाँचौं चरण आजबाट
Next post सुरुआती अग्रता जाेगाउन नसक्दा सातदोबाटोसँग रोकियो आर्मी
Close