४८ वर्षे ताम्बेले क्यारेबियन प्रिमियर लिग खेल्ने

भारतीय भेट्रान स्पिनर प्रविण ताम्बेले क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्ने भएका छन् । भर्खरै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि ताम्बेले सिपिएल खेल्ने भएका हुन्।

४८ वर्षे ताम्बेले सिपिएलका लागि आफू ट्रिनबागो नाइट राइडर्समा आबद्ध भएको बताएका छन् । उनलाई बुधबार नाइट राइडर्सले भर्चुअल ड्राफ्टबाट अनुबन्ध गरेको बताइएको छ । तर, अधिकारिक सूची भने सार्वजनिक भइसकेको छैन ।

उनले बिसिसिआईको नियमअनुसार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएर आफूल सिपिएलको ड्राफ्टका लागि अप्लाई गरेको बताएका छन् । ‘मलाई खबर आएको छ कि म सिपएलका लागि छनोट भएको छु । यो मेरो लागि ठुलो मौका हो र यसको लागि म सकरात्मक रहेको छु,’ ताम्बेले स्टार स्पोट्र्ससँगको कुराकानीमा भनेका छन्, ‘म इन्डोर अभ्यास गर्दै आएको छु । कुनैपनि खेलाडीको लागि यो अवसर हो र यसमा आफ्नो क्षमता प्रदर्शन गर्नेमा आशावादी छु ।’

सीपीएलमा छनोट भएपनि ताम्बेलाई प्रतियोगिता खेल्न भारतीय क्रिकेट बोर्डको नो अब्जेक्सन लेटर आवश्यक हुन्छ । ताम्बेलाई बीसीसीआईले लिग आईपीएल खेल्न प्रतिबन्ध लगाएको छ । बोर्डको नियम उल्लंघन गरेको भन्दै उनलाई आईपीएलमा प्रतिबन्ध लगाइएको हो ।

गत संस्करणको टी–१० लिग ताम्बले बीसीसीआईको अनुमति बिना खेलेका थिए । यद्दपी ताम्बेले सीपीएल खेल्न पाउने सम्भावना निकै कम रहेको छ ।

ताम्बेले घरेलु प्रतियोगिताबाट सन्यास लिएपछि मात्र विदेशी लिग खेल्न पाउने बिसिसिआईका एक अधिकारीले बताए । उनले यदि घरेलु प्रतियोगिताबाट सन्न्यास नलिइ सिपिएल खेले आईपीएल परिचालक निकायले कदम उठाउने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *