पृथु बास्कोटा राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा सहभागी नहुने

क्रिकेटर पृथु बास्कोटा विश्वकप लिग २ अन्तर्गतका स्कटल्यान्ड र नामिबियासँगको त्रिकोणात्मक सिरिजका लागि बोलाइएको राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षणमा सहभागी नहुने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार पृथु टिमको बन्द प्रशिक्षणमा सहभागी नहुने जनाएको छ ।

क्यानले स्पेनमा हुने त्रिकोणात्मक सिरिजका लागि २० जना खेलाडीलाई बन्द प्रशिक्षणका लागि छनोट गरेको थियो । तर पृथुले व्यक्तिगत कारण देखाएर बन्द प्रशिक्षणमा सहभागी हुन नसक्ने बताएको क्यानले जनाएको छ ।

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्याण्ड र नामिबियासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाली टोलीले मंगलबारबाट प्रशिक्षण सुरु गर्दैछ । सिरिज जुलाइमा स्पेनमा हुनेछ ।

सिरिजका लागि क्यानले २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । विश्वकप लिग–२ अन्तर्गतको नेपालको यो दोस्रो सिरिज हो। यअसघि नेपालले घरेलु मैदानमा अमेरिका र ओमानसँग पहिलो सिरिज खेलेको थियो।

यी हुन् बन्द प्रशिक्षणमा ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, आरिफ शेख, पारस खड्का, दिपेन्द्रसिंह ऐरी, आशिफ शेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सन्दीप लामिछाने सहभागी हुने छन् ।

यस्तै, सोमपाल कामी, कमलसिंह ऐरी,अविनाश बोहरा, सन्दीप जोरा, शाहब आलम, सुशन भारी, शरद भेषवाकर, विक्रम शोब, पवन सर्राफ र पृथु बास्कोटा पनि बन्द प्रशिक्षणमा सहभागी हुने छन्।

Facebook Comments Box