प्रियंश आर्य : आईपिएलमा छाप छोड्दै उदीयमान क्रिकेटर

9 Apr, 2025

प्रियंश आर्य । अहिले क्रिकेटप्रेमी माझ चर्चित नाम हो।

करिब एक महिनाअघिसम्म भारतीय क्रिकेटप्रेमी माझ सीमित २४ वर्षीय प्रियंश अहिले विश्वका क्रिकेटप्रेमीमाझ चर्चामा छन्।

उनलाई चर्चामा ल्याउने काम आईपिएलले ग¥यो। सन् २०२५को मेगा अक्सनमा उनीमाथि थुप्रै टिमले चासो देखार, तर उनलाई ३.८ करोडमा पञ्जाब किंग्सले टिममा राख्यो।

पञ्जाबले अन्क्याप्ट ओपनर प्रियंशलाई राम्रो मूल्यमा टिममा राखेपछि उनको चर्चा केही चल्यो। उनले यो सिजनको आईपिएलको पहिलो खेलमै डेब्यूको अवसर पाए। गुजरात टाइटन्सविरुद्धको सो खेलमा उनले २३ बलमा ४७ रनको उत्कृष्ट पारी खेल्दै डेब्यूलाई सानदार त बनाए नै, सँगै क्रिकेटप्रेमीलाई आफ्नोबारेमा थप चासो राख्न बाध्य बनाए।

त्यसपछिका दुई खेमा उनको ब्याट केही शान्त रह्यो। उनको चर्चा कम हुँदै थियो। तर, चौथो खेलमा उनको ब्याट यसरी चल्यो उनी विश्वका क्रिकेटप्रेमी माझ ‘हटकेक’ बनेका छन्।

बुधबा। चेन्नई सुपर किङ्सजस्तो बलियो बलिङ भएको टिमविरुद्ध उनले ३९ बलमा शतक प्रहार गर्दै उनी क्रिकेट जगतको नयाँ सनसनी बने। यो खेलमा उनले ४२ बलमा १०३ रन बनाए, जसमा ७ चौका र ९ छक्का समावेश थियो। उनको यो विस्फोटक पारीले पञ्जाबलाई चेन्नईमाथि १८ रनको जित दिलायो। तर, यो सफलताको पछाडि प्रियंशको लामो संघर्ष, पारिवारिक समर्थन र अथक परिश्रमको कथा लुकेको छ।

क्रिकेटको प्रारम्भिक यात्रा, गेल र गम्भीरको प्रेरणा

प्रियंश आर्यको जन्म सन् २००१, जनवरी १८ मा दिल्लीमा भएको थियो। उनका बुवा पवन कुमार र आमा राजबाला दिल्लीका सरकारी स्कूलमा शिक्षक छन्। सानैदेखि क्रिकेटप्रति रुचि राख्ने प्रियंश आफ्नो बुवासँग टिभीमा क्रिकेट हेर्ने गर्थे। त्यसबेलादेखि नै क्रिकेटको प्रभाव उनमा परेको थियो।

टिभीमा सौरभ गांगुली र क्रिस गेल खेलेको देखिएपछि उनमा क्रिकेटर बन्ने भूत जागेको बुबा पवन बाउँछन्। ‘हाम्रो गाउँ हरियाणाको फतेहाबादको भूनामा क्रिकेटको सुविधा थिएन, तर मलाई क्रिकेटप्रति रुचि थियो। दिल्लीमा शिक्षक भएपछि पनि मैले प्रियंशसँग बसेर टिभीमा क्रिकेट हेर्ने गर्थेँ,’ उनले एक अन्तर्वार्तामा भनेका छन्, ‘एक दिन उसले सौरभ गांगुली र क्रिस गेललाई देखेर भन्यो– म पनि यस्तै क्रिकेटर बन्छु। त्यसपछि उसले ब्याटिङ सुरु गरेको हो।’

प्रियंश क्रिकेट खेल्ने जिद्दी गरेपछि बुबा पवनले ९–१० वर्षको उमेरमा दिल्लीको चर्चित क्रिकेट एकेडेमीमा भर्ना गराइदिए। जहाँ संजय भारद्वाज प्रशिक्षक थिए। उनी तिनै कोच हुन्, जसले गौतम गम्भीर, नितीश राणा र उन्मुक्त चन्दजस्ता खेलाडीका ब्याटिङ सिकाएका थिए।

प्रियंश एकडेमीमा पुग्दा गम्भीर, नितिश र उमुक्क्त पनि त्यहीँ अभ्यासका लागि आउँथे । टिभीमा गांगुली र गेलको ब्याटिङ गरेर क्रिकेटमा लागेका उनले गम्भीरलाई लागतार नेटमा ब्याटिङ गरेको देखेपछि उनैलाई आफ्नो आदर्शन बनाए। गम्भीरको आक्रामक र रणनीति शैलीले प्रियंशलाई निकै प्रभावित बनाएको थियो।

‘एकेडेमीमा गौतम गम्भीर, नितीश राणा र उन्मुक्त चन्दलाई नेटमा अभ्यास गरेको घण्टौँसम्म हेर्थेँ। उनीहरूलाई नजिकबाट देख्नु मेरो लागि ठूलो प्रेरणा थियो,’ एक अन्तर्वार्तामा उनले भनेका छन्। गम्भीरलाई आदर्श बनाएका उनले ब्याटिङ शैलीलाई आफ्नो खेलमा उर्तार्ने प्रयास गरेका छन्।

यू–१९ विश्वकपको सपना अधुरै

प्रियंशको क्रिकेट यात्रा सजिलो थिएन। उनले यू–१९ ट्रायलमा राम्रो प्रदर्शन गरेका उनलाई सन् २०२० को यू–१९ विश्वकपको भारतीय टिममा पर्ने आशा थियो।

तर, बिसीसीआईको उमेरसम्बन्धि नियमका कारण उनी विश्वकपको टिममा अटाउन सकेनन्। उनको विश्वकपको खेल्ने सपना चकनाचुर भयो। बिसिसिआईको त्यो बेलाको नयाँ नियमले आफूलाई ठूलो झट्का दिएको उनी बताउँछन्।

एक छनोटकर्ताले उनलाई यू–१६ का सोधका थिए। तर प्रियंशले आफू यू–१९ का लागि योग्य भएको बताएका थिए। उनले ट्रायलमा रन बनाए पनि उनको टिममा भने परेनन्।

‘मलाई पूरा विश्वास थियो कि म छानिन्छु, तर बीसीसीआईको नियमले मलाई बाहिर राख्यो। त्यो मेरो लागि ठूलो झट्का थियो,’ उनले एक अन्तर्वातामा भनेका थिए।

त्यसपछि उनी घरेलु क्रिकेटमै व्यस्थ भए। घरेलु क्रिकेटमा राम्रे खेले। उनले सन् २०२३को मिनि अक्सनमा नाम समावेश गरे। जहाँ उनको बेस प्राइस ३० लाख थियो। उनीप्रति कुनै टिमले चासो देखाएनन्, उनी अनसोल्ड भए।

लतगारका दुई असफलताले प्रियंश निकै निशास बने। अक्सनपछि प्रियंश निकै निशास बनेको बताउँदै उनका बुबा पवन भन्छन्, ‘अक्सनकमा अनसोल्ड भएपछि केही दिनसम्म ऊ उदास थियो। हामीले उसलाई सम्झायौँ कि यो अन्त्य होइन, अझै मेहनत गर्नुपर्छ भनेर।’

फर्किएको भाग्य : दिल्ली प्रिमियर लिगदेखि आईपीएलसम्म

पटक पकटको असफलताले प्रियंशले निशास बने, तर हार भने मानेनन्। असफलतापछि उनी आफ्नो कमजोरी सुधार्न बढी फोकस भए। उनको मेहनत सन् २०२४ मा दिल्ली प्रिमियर लिगमा देखियो। त्यही त थियो, उनले आफूलाई क्रिकेटप्रेमीमाझ चिनाउने मौका पाएको।

त्यहाँ उनले एकै ओभरमा ६ छक्का प्रहार गरेर सनसनी मचाए। त्यतिमात्र होइन उनले प्रतियोतिगामा १० खेलमा ६ बढी रन पनि बनाए। उनले सोही लय सैयद मुश्ताक अली ट्रफीमा पनि देखाए। जहाँ उनले दिल्लीका लागि सर्वाधिक ३२५ रन बनाए। उनको स्ट्राइक रेट १७६.६३ थिए। उनले शतक पनि प्रहार गरेका थिए।

यही प्रदर्शनले सन् २०२५को आईपिएल अक्सनमा प्रियंशलाई ठूलो दियो। ३० लाखको बेस प्राइसमा भएका उनी ३.८ करोडमा पञ्जाबमा पुगे। यो रकमले उनको जीवनमा ठूलो परिवर्तन ल्यायो। उनले यो रकमबाट आफ्ना माता–पितालाई दिल्लीमा नयाँ घर किन्ने योजना बनाए, किनकि उनीहरू अहिलेसम्म सरकारी क्वार्टरमा बस्दै आएका थिए।

आईपीएल २०२५ मा विस्फोटक सुरुवात

आईपीएल २०२५ मा प्रियंशले आफ्नो पहिलो खेल गुजरात टाइटन्सविरुद्ध खेले, जहाँ उनले २३ बलमा ४७ रन बनाए। तर, त्यसपछिका दुई खेलमा उनले ८ र शून्य रन मात्र बनाए। लखनऊ सुपर जायन्ट्स र राजस्थान रोयल्सविरुद्धको असफलताले उनको आत्मविश्वासमा केही कमी आएको थियो। तर, चेन्नईविरुद्धको खेलमा उनले आफ्नो वास्तविक क्षमता देखाए।

पहिलो बलमै खलिल अहमदलाई छक्का हानेर उनले आफ्नो इनिङ्स सुरु गरे। १९ बलमा अर्धशतक पूरा गरेका उनले ३९ बलमा शतक हाने, जुन आईपीएल इतिहासको चौथो सबैभन्दा छिटो शतक हो। यो शतक भारतीय खेलाडीको दोस्रो सबैभन्दा छिटो शतक पनि हो, युसुफ पठानको ३७ बलको रेकर्डपछि।

प्रियंशले रविचन्द्रन अश्विन, नूर अहमद र मथीशा पथिरानालाई पनि कुनै कसर बाँकी राखेनन्। उनको यो पारी देखेर पञ्जाब किङ्सकी सह–मालिक प्रीति जिन्टा खुशीले उफ्रिइन्। कमेन्टेटर नवजोत सिंह सिद्धूले पनि उनको प्रशंसा गर्दै खडा भएर ताली बजाए।

‘मैले कप्तान श्रेयस अय्यरको सुझाव मानेँ। उनले मलाई मेरो स्वाभाविक खेल खेल्न भनेका थिए। पहिलो बलमा शट खेल्ने मौका पाएँ भने छक्का हान्छु भनेर सोचिसकेको थिएँ, त्यही भयो,’ उनले म्यान अफ दी म्याच बनेपछि भने।

व्यक्तिगत जीवन : साधारण परिवार, ठूलो सपना

प्रियंशको परिवार निकै साधारण छ। उनका माता–पिता शिक्षक भएकाले उनलाई सधैँ अनुशासन र मेहनतको पाठ सिकाए। प्रियंश आफ्नो सफलताको श्रेय आफ्ना माता-पिता र कोच संजय भारद्वाजलाई दिन्छन्। भन्छन्, ‘माता–पिताले मलाई सधैँ सपना पछ्याउन प्रेरित गर्नुभयो। उहाँहरूले कहिल्यै हार नमान्न सिकाउनुभयो।’

प्रियंशको सपना अब ठूलो छ- अन्तर्राष्ट्रिय क्रिकेटमा भारत प्रतिनिधित्व गर्ने। यस्तै प्रदर्शन कायम राखे त्यो दिनपनि टाढा छैन ।

आईपिएलमा गरेको प्रदर्शनले उनलाई उदीयमान क्रिकेटर बनाएको छ। शतकले उनलाई क्रिकेट जगतमा नयाँ उचाइमा पुर्‍याएको छ।

अब सबैको नजर उनको आगामी प्रदर्शनमा छ- के उनले यो लयलाई निरन्तरता दिन सक्लान्? यो प्रश्नको जवाफ समयले नै दिनेछ। तर, प्रियंशले आफ्नो ब्याटबाट बोल्ने संकेत भने दिइसकेका छन्।

(एजेन्सीहरूकाे सहयाेगमा)